भोलि इन्दिरा एकादशी, यसरी पूजा गर्दा पितृ हुनेछन् खुशी

काठमाडौं, ३० भदौ — आश्विन कृष्ण एकादशीलाई इन्दिरा एकादशी भनी चिनिन्छ । यो एकादशीको व्रत बस्दा मनुष्यको सात पुस्ता तर्ने मान्यता छ ।एकादशीको दिन गरिएको दानपुण्यबाट पितृहरू प्रसन्न हुन्छन् र परिवारका सदस्यलाई आशीर्वाद दिन्छन् । ठूलाठूला पाप पनि एकादशीको व्रतले नष्ट गरिदिन्छ । पुण्य कर्मको प्रभावले प्रभुको परमधाम पुगिन्छ ।

कुनै कारणले पितृको सद्गति हुन सकेको छैन भने एकादशी व्रत वरदान नै हुन्छ । एकादशीको दिन बिहान सूर्योदय भएपछि नित्य क्रियाहरूबाट निवृत्त भएर हातमा जलको लोटा लिएर व्रत संकल्प गर्नुस् । त्यसपछि भगवान् शालिग्रामलाई तुलसी दलबाहेक धूप, दीप, पुष्प, फल र नैवेद्य आदि लिएर विधिवत् पूजा गर्नुस् । दिउँसो ब्राह्मणहरूलाई बोलाएर भोजन गराउनुस् र उनीहरूलाई दक्षिणा तथा फल दिएर बिदा गर्नुस् । श्राद्ध यही दिन परेको छ भने अन्नमय पिण्ड सुँघेर गाईमा खुवाउनुस् । आफूले भने फलाहार गर्नुस् । दिनमा अल्छी नगर्नुस् । राति जागरण गर्नुस् । जागरण र संकीर्तनको लाभ अत्यधिक छ । भोलिपल्ट द्वादशी तिथिमा व्रत पारायण गर्नुस् । आफूले एकादशी व्रत बसेको कुरा सुनाउँदै नहिँड्नुस् । -Lokaantar News

The post भोलि इन्दिरा एकादशी, यसरी पूजा गर्दा पितृ हुनेछन् खुशी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.