रौतहटमा ६ करोडको एकीकृत नमूना वस्ती निर्माण गर्ने धुर्मुस – सुन्तलीको घोषणा

काठमाडौं । लगातार एकीकृत बस्ती निर्माण गरेर दुखी र पिडितहरुका मुहारमा निरन्तर खुशी दिन सफल भएका हाँस्यअभिनेता तथा समाजसेवी सिताराम कट्टेलर धुर्मुस सुन्तलीको फाउण्डेशनले रौतहटका बाढी पीडितहरुका लागि एकीकृत नमूना वस्ती निर्माण गर्ने भएका छन् ।

स्थलगत अध्ययन तथा अवलोकन पश्चात फाउण्डेशनले जिल्लाको चन्द्रपुर नगरपालिका-८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमूना सन्तपुर वस्ती’ निर्माण गर्ने टुङ्गो लगाएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्या बसोवास रहेको छ । वस्तीमा माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ ।

वषौंदेखि गरिवीको चपेटामा परेका उनीहरुको अवस्था बाढीका कारण पुरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक बनेको अवस्थामा धुर्मुस सुन्तलीको फाउण्डेशनको यो कदमले दुखी रौतहटबासीको घाउमा मलम लगाउने काम गरेको छ ।-Etaja Khabar

The post रौतहटमा ६ करोडको एकीकृत नमूना वस्ती निर्माण गर्ने धुर्मुस – सुन्तलीको घोषणा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.