हिले सोह्र श्राद्ध अर्थात पितृ पक्ष चलिरहेको छ । यस समयमा लोक र परलोकबीच सम्बन्ध जोडिन्छ भन्ने विश्वास छ । यसबारेमा गरुड पुराणमा उल्लेख गरिएको पाइन्छ । पितृप्रति श्रद्धाभाव राखेर श्राद्ध गर्नु सन्ततिको कर्तव्य हुने शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । श्राद्ध नगर्नाले धेरै खाले दुःख र कष्ट भोग्नुपर्ने भनेर शास्त्रमा वर्णन गरेको पाइन्छ ।शास्त्रमै वर्णन गरिएको छ कि जब कुनै व्यक्तिको मृत्यु हुन्छ, दाहकर्म (अन्तिम संस्कार) अगाडि पिण्ड र पानी अर्पण गर्नु पर्छ । पिण्ड दान भनेको दिवंगत व्यक्तिका लागि खान–पिनको व्यवस्था गर्नु सरह हो ।तर जव दिवंगत व्यक्ति परलोक पुग्छन् त्यहाँ उनीहरुलाई खान–पिनको कुनै व्यवस्था गरिएको हुँदैन । यदि उनका सन्तानहरुले श्राद्ध गरेर पिण्ड अर्पण गरी अन्न–जल दिएनन् भने परलोकमा दिवंगत व्यक्तिले धेरै दुःख सहनु पर्छ ।
त्यसैले हरेक वर्षको आश्विनमासमा (पितृपक्ष)को बेला पितृहरु यो आशा लिएर पृथ्वीलोक आउँछन् कि हाम्रा सन्तानहरुले हामीलाई अन्न–पानी लिएर सन्तुष्ट गर्नेछन् ।तर जो व्यक्ति पितृ हुँदैनन् भनेर उचित तिथिमा श्राद्ध गरेर पिण्ड दान (अन्न–पानी) दिँदैनन् उनीहरुसँग पितृहरु धेरै रिसाउँछन् । सन्तानले श्राद्ध नगर्दा पितृ धेरै रिसाउँछन् र आफ्ना सन्तानलाई श्राप दिएर पुनः परलोक फर्किन्छन् ।
गरुडा पुराणमा यस्तो वर्णन गरिएको पाइन्छ कि जो पितृका सन्तानले श्राद्ध गरेर उनीहरुलाई पिण्ड दान दिँदैनन् उनीहरु आफ्ना सन्तानको रगत पिउन बाध्य हुन्छन् । त्यसकारण जुन परिवारले पितृको श्राद्ध गदैन्, त्यो परिवारमा धेरै दुःख कष्ट आउँछन् ।परिवारको ज्येष्ठ व्यक्तिले अनेक प्रकारका स्वास्थ्य सम्बन्धी समस्या भोग्नु पर्छ ।मार्कण्डेय पुराणमा वर्णन गरिएको छ कि, जुन कुलमा श्राद्ध हुँदैन, त्यहाँ दीर्घायु, निरोग र वीर सन्तानको जन्म हुँदैन र परिवारमा कहिल्यै शुख र शान्ति हुँदैन.। Everyday Khabar
The post पितृको श्राद्ध नगर्दा परिवारमा आउँछ यस्तो संकट appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.