रौतहटमा दम्पतिको एकसाथ मृत्यु

रौतहटमा एक वृद्ध दम्पतिको एक साथ मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका ९ चिलमिलिया टोलका एक दम्पतिको आइतवार अबेर साँझ मृत्यु भएको हो । जीवनभर सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका ७२ वर्षे मुनि भगत माली र उनकी श्रीमती ६८ वर्षीया लखियादेवी मालीले एकसाथ दम तोडेका हुन् ।

आइतवार साँझ मुनि भगत मालीको घरमै स्वाभाविक मृत्यु भएको पाँचदेखि आठ मिनेटभित्र पतिको मृत्युको पीडा सहन नसकी पत्नी लखियादेवीले पनि देह त्याग गरेको स्थानीय नागेन्द्र साहले बताएका छन् । श्रीमान्–श्रीमतीको एकसाथ मृत्यु भएको घटनालाई नौलो रुपमा लिइएको छ । मृतक दम्पतिको अन्तिम संस्कार सोमवार गरिँदैछ । source:enepalese

The post रौतहटमा दम्पतिको एकसाथ मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.