काठमाडौं – केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ । यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ
(केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ । यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ ।
(केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ ।
(केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ ।
(केरामा भिटामिन बी–६ हुन्छ । यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ ।
(केरामा गुलियोको मात्रा निकै बढी हुन्छ । यसले डाइबिटिज अर्थात् सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ ।नयाँ पत्रिकाबाट
The post यस्तो अवस्थामा भुलेर पनि खानुहुन्न केरा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.