चिनकाे चेतावनीपछि डरायाे भारत : सीमा क्षेत्रबाट भागे भारतीय सेना

एजेन्सी । चीनको चेतावनीपछि भारतले चीनसँगको सीमा क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता गरेको छ ।डोकलाम क्षेत्रमा १८ जुनदेखि ठूलो संख्यामा दुवै देशका सेना आमने–सामने भएर बसेका थिए । चीनले आफ्नो क्षेत्रमा सडक निर्माण गरिरहेको अवस्थामा भारतीय सेना आएर अवरोध गर्न खोजेको आरोप लगाएको थियो । चीन सरकारले सो क्षेत्रमा भारतले ठूलो संख्यामा सेनालाई फिर्ता लगेको दाबी गरेको हो । ४ सयको संख्यामा भारतीय सेना रहँदै आएको हाल ४० जनामात्र तैनाथ रहेको चीनले जनाएको हो ।

चीनले आफ्नो भूमि रक्षाका लागि जस्तोसूकै कदम उठाउन आफू तयार रहेको बताउँदै वार्ताका लागि भारतीय सेना फिर्ता हुनुपर्ने शर्त अघि सारेको थियो । दुई देशबीचको सम्बन्ध सुधार गर्ने हो भने भारतीय सेना फिर्ता हुनुपर्ने प्रष्ट पार्दै चीनले अन्यथा भारतले चाहेजसरी नै हर मोर्चाबाट जवाफ दिन आफू तयार रहेको प्रष्ट पारेको थियो । १५ पृष्ठ लामो दस्तावेज जारी गर्दै चिनियाँ विदेशमन्त्रालयले भनेको छ, ‘डोंग लाङ्ग’ (डोकलाम) क्षेत्रमा सुरुमा ४०० भारतीय सैनिक रहेकोमा हाल घटाएर ४० मा सीमित गरिएको छ ।

चिनियाँ दस्तावेजमा भनिएको छ, ‘१६ जुन २०१७मा चीनले डोंग लाङ्ग क्षेत्रमा सडक बनाइरहेको थियो । १८ जुनमा २७० भन्दा बढी भारतीय सैनिक हतियार र बुल्डोजरसहित सिक्किम सेक्टरबाट सीमा क्षेत्रमा आए । भारतीय सेना सडक बनाउने काममा अवरोध गर्न चिनियाँ क्षेत्रको १०० मिटरसम्म प्रवेश गरेका थिए । एक समय त्यहाँ भारतीय सैनिकको संख्या ४०० पुगेको थियो ।’तर भारतले भने ६ सातादेखि सो क्षेत्रमा आफ्नो ३ सय ५० सैनिक तैनाथ रहँदै आएको दावी गरेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.