१८ वर्षपछि राशि परिवर्तन गर्दैछन् राहु र केतु, यस्ता व्यक्तिलाई हुनेछ फाइदा

१८ वर्ष पछि भदौ १ गते राति ९ बजेर ३६ मिनेट जाँदा राहु, केतुले राशि परिवर्तन गरेर कर्कट र मकर राशिमा प्रवेश गर्दैछन् । यी दूईवटै गृहको राशि परिवर्तनले कर्कट र मकर राशि भएका व्यक्ति प्रभावित हुनेछन् ।

राहु, केतुले राशि परिवर्तन गर्दा सिंह र कुम्भ राशि भएका व्यक्तिलाई लाभ हुने देखिन्छ । यी दुईवटै गृह यी राशिमा २२ फागुन २०७५ सम्म रहनेछन् ।

ज्योतिषीका अनुसार भदौ १ गते (भाद्र कृष्ण दशमी) मृगशिरा नक्षत्रमा राहु र केतु राशि परिवर्तन गर्नेछन् । राहु कर्कट र केतु मकर राशिमा प्रवेश गर्ने छन् । कर्कट राशिको स्वामी चन्द्रमा मानिन्छ भने मकर राशिको स्वामी शनिलाई मानिन्छ ।

राहु र केतु एक राशिमा १८ महिनासम्म रहन्छन् । त्यसपछि दोस्रो राशिमा प्रवेश गर्छन् । १२ राशि परिवर्तन गर्नमा यी दुई गृहलाई पूरा १८ वर्ष लाग्छन् । यी दुईवटै गृह सधैं उल्टा चल्छन् । राहु र केतु सधैं एक–दोस्रोको विपरित १८० डिग्रीको कोणमा रहन्छन् । lokaantar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.