नेपालि सेनामाथि आक्रमण, ५ जना विद्रोहीको मृत्यु

अफ्रिकी मुलुक कंगोमा गस्तीमा रहेको नेपाली सेनाको टोलीमाथी विद्रोही समुहले आक्रमण गरेको छ । कंगोमा लामो समयदेखी आतंक मचाइरहेको नेगेटिभ फोर्स (माई माई) भन्ने विद्रोही समुहले सेनाको गस्ती टोलीमाथी आक्रमण गरेपछि सेनाले जवाफी हमला गर्दा ५ जना विद्रोहीको मृत्यु भएको छ ।

नेपाली सेनातर्फ दुई जना अमल्दार घाईते भएको सेनाले जनाएको छ । घाईते हुनेमा अमल्दार राम बहादुर कार्की र अर्जुन बहादुर भुजेल रहेका छन् । घाईतेहरुलाई आईसियुमा राखेर उपचार भइरहेको छ । दुवै जना घाईतेहरुको स्थिती खतरामुक्त रहेको छ ।

सहसेनानी लोकबहादुर वस्नेत नेतृत्वको टोलीमाथी विद्रोहीले आक्रमण गरेको थियो । सैनिक स्रोतकाअनुसार स्थानीय वासिन्दालाई ढालको रुपमा प्रयोग गरेर उनिहरुले सेनाको गस्तीलाई एम्बुसमा पारेको थियो । जवाफमा सेनाले कार्वाही गर्दा उनिहरु त्यहाँबाट भागेका थिए । सैनिक प्रवक्ता सहायकरथी झंकर बहादुर कडायतले कंगोमा दोहोरो भिडन्त भएको पुष्टी गरे । “कंगोमा सेनाको गस्तीमाथी आक्रमण भएको हो,अहिले अवस्था सामान्य भइसकेको छ ।” सैनिक प्रवक्ता सहायकरथी कडायतले भने ।

कंगोको कावसा भन्ने ठाउमा नेपाली सेनाको टोलीमाथी आक्रमण भएको थियो । विद्रोहीको गोली लागेर सेनाको युएन १३३९० नम्वरको एपीसीमा समेत क्षती पुगेको छ । घटनास्थल सेनाको नियन्त्रणमा आएको सेनाले जनाएको छ । सेनानी रामबहादुर लामाको कमाण्डमा २९ जना घटनास्थलमा बख्तरवन्द गाडीसहित परिचालन भएको छ । हाल कंगोमा नेपाली सेनाको शमशेर दल बटालियन कार्यरत छ । उक्त गणका गणपति प्रमुख सेनानी रत्न बहादुर गोदार रहेका छन् । source:americanepal

The post नेपालि सेनामाथि आक्रमण, ५ जना विद्रोहीको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.