दिल्लीबाट आयो यस्तो खबर, उच्च सुरक्षा सतर्कता

राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता

३० साउन, नयाँ दिल्ली । भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन सोमबार भारतीय राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ ।

भारतको राजधानी नयाँ दिल्लीमा सोमबार उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।

उनीहरुका अनुसार भारतको भोलि मनाइने स्वतन्त्रता दिवसको अघिल्लो दिन हुनसक्ने सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखी यो सतर्कता अपनाइएको बताइएको छ ।

नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको प्राप्त समाचरमा उल्लेख छ ।

त्यसैगरी नयाँ दिल्ली गेट वरिपरिको रेडफट क्षेत्रमा पनि सुरक्षा कडा पारिएको छ । सो क्षेत्रबाट नै प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सम्बोधन गर्नुहुने विशेष कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री मोदीले मङ्गलबार स्वतन्त्रता दिवसको अवसर पारेर देशबासीका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र स्वतन्त्रता विशेष समारोहको समापनसम्म नै नयाँ दिल्लीमा यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन् ।

भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ ।

भारतको अघिल्लो दिन अर्थात अगष्ट १४ मा पाकिस्तान भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो । पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ । रासस/सिन्ह्वा

The post दिल्लीबाट आयो यस्तो खबर, उच्च सुरक्षा सतर्कता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.