दुई लाखभन्दा बढी मानिसको ज्यान गएको विश्वकै ठूलो बाढी

काठमाडौं- नेपालको तराई क्षेत्र अहिले बाढीको चपेटामा छ । एक सयभन्दा बढीको मृत्यु भएको छ, केही बेपत्ता छन्, हजारौँ घरबारविहीन भएका छन्, भौतिक संरचनामा क्षति पुगेको छ, पशुचौपाया र बालीनाली सखाप भएका छन् ।

त्यसो त विश्वमा गएका बाढीको इतिहास खोज्दै जाने हो भने पढ्दैमा मुटु हल्लिन्छ । विश्वमा अहिलेसम्मकै ठूलो बाढी हाम्रै छिमेकी देश चीनमा गएको रहेछ । नेदरल्यान्ड र भियतनाममा पनि विश्वकै ठूलामध्येका बाढी गएका छन् । विश्वकै ठूलामध्ये सन् १९३१ मा मध्य चीनमा गएको बाढीले दुई लाखभन्दा बढी मानिसको ज्यान गएको इतिहास छ ।

सन् १९२८ देखि १९३० सम्म त्यहाँ लामो खडेरी परेको र १९३१ मा विनाशकारी बाढी आएको थियो । जुलाई र अगस्टमा परेको भारी वर्षा नै बाढीको कारण थियो । याङ्जीलगायत नदीमा बाढी आएको थियो । त्यो बाढी याङ्जी–हुवाईको नामले विश्वभर चर्चामा रह्यो ।

दुई लाखभन्दा बढी मान्छेको ज्यान जाने गरी आएको बाढीले पुर्‍याएको भौतिक संरचनालगायत अन्य क्षतिको हिसाब गरिसाध्य छैन । यो बाढीपछि चीनमा महामारी र भोकमरीको समस्या नै निम्तिएको थियो । नयाँ पत्रिकाबाट

The post दुई लाखभन्दा बढी मानिसको ज्यान गएको विश्वकै ठूलो बाढी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.