भारतमा हंगामा, राहुल गान्धीमाथि आक्रमण

नयाँदिल्ली, २० साउन – भारतको प्रमुख विपक्षी दल कंग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा शुक्रबार आक्रमण गरेको छ । नेहरु गान्धीका वंशज राहुललाई वनास्कान्थ जिल्लामा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । उनलाई केही सुरक्षाकर्मीले कडा सुरक्षा व्यवस्था गरी घाइते हुनबाट जोगाएको एक प्रहरी अधिकारीले बताए ।

आक्रमणकारीहरुले गान्धी चढेको गाडीमा ढुङ्गा प्रहार गरेको र गाडीको झ्यालको सिसा फुटेको छ ।
कंग्रेस अध्यक्ष सोनीया गान्धीका छोरा समेत रहेका राहुल प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा थिए ।
“धनेरा क्षेत्रका बाढी पीडितहरुलाई भेटेर हेलिप्याड तर्फ जाँदै गर्दा उहाँको गाडीमा आक्रमण भएको होे, आक्रमणकारीले हानेको ढुङ्गा गाडी भित्र पसेको छ,” जिल्ला प्रहरी प्रमुख निराज बाड्गुजारले सञ्चारकर्मीमाझ बताए ।

कंग्रेसले आफ्नो उपाध्यक्षमाथि भएको आक्रमणमा सत्तारुढ दल भारतीय जनता पार्टी (विजेपीका) का कार्यकर्ता सम्लग्न भएको आरोप लगाएको छ ।
“विजेपीका उग्र व्यक्तिहरुले कंग्रेस उपाध्यक्ष राहुलजीको कारमा धनेराको लालचोकमा आक्रमण गरेका छन् । गुजरात राज्यको बनास्कान्थ जिल्लामा भएको घटना घृिणत र निन्दनीय छ,” काँग्रेसका प्रवक्ता रणदिप सुर्जेवालाले भने ।

उनले थपे, “विध्वंसकारीहरुको योजनाबद्ध आक्रमणबाट उपाध्यक्ष गान्धी चढेको गाडीको झ्यालको सिसा फुटेको छ । केही सुरक्षाकर्मीहरु घाइते भएका छन् । विजेपीले सत्यतथ्य पत्तालगाई यसबारे निर्णय लिने छ ।”
तर विजेपी यस घटनामा मौन बसे ठूलो मूल्य चुकाउनु पर्ने कंग्रेसले चेतावनी दिएको छ । lokaantar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.