महाभारतकी एक प्रमुख पात्र द्रोपदीकाे रहस्यबारेका यी ५ कुरा पढ्नुस, तपाई छक्क पर्नु हुनेछ

– महाभारतकी एक प्रमुख पात्र द्रोपदी महाराजा द्रुपदकी पुत्री थिइन् । तर, उनको जन्म आमाबाट नभएर एक हवन कुन्डबाट भाई धृष्टद्युम्न्रसँग उत्पन्न भएकी थिइन् । द्रोपदीको यस्तै केही रोचक र रहस्यले भरिएका अन्य घटना थाहा पाउँनुहोस् ।

– द्रौपदीले अघिल्लो जन्ममा एक वरदान पाएकी थिइन् । द्रोपदीले भगवान शिवलाई तपस्याबाट प्रसन्न गरी वरदानमा अर्को जन्ममा सबैभन्दा सुन्दर, ज्ञानी, श्रेष्ठ धनुर्धर, श्रेष्ठ गदाधारी र श्रेष्ठ तलवारबाज पति मागेकी थिइन् । यी पाँचै गुण एकै पुरुषमा हुनु असम्भव थियो । तर, द्रोपदीलाई महादेवले वरदान दिएका थिए, जसको परिणामस्वरुप द्रौपदीले ति पाँचै गुण भएका पाँच पति पाएकी थिइन् ।

– भविष्य पुराणमा लेखिएको छ, अघिल्लो जन्ममा द्रौपदी एक गरिब ब्राह्मणकी छोरी थिइन्, तर साधुहरुको खुब सेवा गर्थिन् । उनको सेवाबाट प्रसन्न भएर साँधुहरुले स्थाली दान गरे, त्यसका लागि साँधुहरुले व्रतको विधि पनि बताए, जसको परिणाम स्वरुप अर्को जन्ममा उनी ब्राह्मणी द्रौपदी बनिन् र उनलाई सुर्यदेवको अक्षय पात्र प्राप्त भयो ।

– द्यूत क्रिडामा पाण्डवहरु हारेपछि द्रोपदीलाई कपालमा पकडेर दुस्सासनको द्यूत क्रिडा भवन लगिएको थियो । यस अपमानका कारण द्रोपदीले प्रतिज्ञा गरिन्, जबसम्म दुस्सासनको छातीको रगत आफ्नो कपालमा लगाउँदिनन्, तबसम्म उनी आफ्नो कपाल खुल्ला राख्नेछिन् । जब भीमले महाभारत युद्धमा दुस्सासनलाई मारेर उसको छातीको रगत द्रोपदीलाई दिए, त्यसपछि उनले आफ्नो कपालको श्रृंगार गरिन् । यसरी द्रोपदीले १३ बर्षसम्म आफ्नो कपाल खुल्ला राखेकी थिइन् ।

– द्रौपदीलाई विवाह गरेर अर्जुनले ल्याएका थिए, तर उनलाई सबैभन्दा बढी स्नेह भीमप्रति थियो । पाण्डवहरुले जब स्वर्ग जाने निर्णय गरे, द्रोपदी पनि उनीहरुको साथ गइन् । स्वर्गारोहणको मार्ग हिमालयलाई पार गर्दैगर्दा अचानक द्रौपदीको खुट्टा चिप्लिएर खोचमा झर्छिन्, त्यस समय भीमले द्रोपदीलाई बचाउँने निक्कै प्रयास गर्छन् । मर्नअघि द्रोपदीले भनिन्, ‘यदि मैले अर्को जन्म लिए भने म तिम्रो पत्नी बन्न चाहन्छु ।’

नेपालीहेडलाइन्स

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.