प्रतिबन्ध असफल भए सैन्य आक्रमण हुन सक्ने

सोल : उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धले उसको आणविक क्षमता वृद्धि रोक्न असफल भए अमेरिकाले प्योङयाङविरुद्ध सैनिक आक्रमण गर्न सक्ने अमेरिकी वरिष्ठ जनरलले खुलासा गरेका छन् । अमेरिकी सेनाका वरिष्ठ जनरल जोसेफ डनफर्डले प्रतिबन्ध असफल भए सैनिक आक्रमण गर्ने आकस्मिक योजना तयार भइसकेको दाबी गरे ।

जनरल जोसेफ डनफर्डले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग सोमबार ५० मिनेटसम्म बैठक गरेका थिए । बैठकमा उनले अमेरिकी तयारीका बरेमा मुनलाई जानकारी दिए । उत्तर कोरियाद्वारा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र विकास गरेको चेतावनी दिएपछि दक्षिण कोरिया र अमेरिका चिन्तित देखिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई युद्ध गर्ने धम्की समेत दिएका थिए । अहिलेसम्म नभएकै आक्रमण हुने उनको भनाइ थियो । उत्तर कोरिया र अमेरिकाबीच यस्तो वाक्युद्ध जारी रहेका बेला जनरल डनफर्ड दक्षिण कोरियाको राजधानी सोल आइपुगेका हुन् । यो महिनाको अन्तिममा दक्षिण कोरिया र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास गरिँदै छ ।

अमेरिकी सैन्य प्रवक्ता डेरन जेम्सले भने, ‘जनरल डनफर्डले हाम्रो सहयोगी दक्षिण कोरियालाई अमेरिकाले गरेको तयारीका बारेमा छलफल गरे । उनले अमेरिका आफ्नो सैन्य शक्ति प्रयोग गर्न तयार भएको स्पष्ट पारेका छन् ।’ डनफर्डले जापान र चीनका नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम छ । डनफर्डले सुरुमा कोरियाली प्रायद्वीपको अवस्थाको जानकारी लिन आएको बताएका थिए । पछि सैन्य शक्ति प्रयोग गर्ने तयार भएको बताए ।

शान्ति स्थापनामा मुनको जोड

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिएका छन् ।सोमबार कोरियाली उच्च अधिकारीहरूसँगको सामूहिक भेटका अवसरमा मुनले यस्तो धारणा राखेको जनाइएको छ । दक्षिण कोरियाली सैन्य प्रमुखले हालै उत्तर कोरियाको हाल जारी आणविक परीक्षण विश्वकै लागि खतरा हुनसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गरेका थिए । यसैगरी अमेरिकी वरिष्ठ जनरल जोसेफ डनफर्डले उत्तर कोरियामाथि सैन्य आक्रमण गर्न तयार भएको अभिव्यक्तिसँगै मुनले शान्ति स्थापनामा जोड दिएका हुन् ।

उत्तर कोरियाले गत जुलाई ४ मा गरेको पछिल्लो परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरूले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने खालको रहेको समेत बताएका छन् । राष्ट्रपति मुनले उत्तर कोरियाका तर्फबाट भइरहेका यस प्रकारको परीक्षणबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्य छायाँमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उत्तरका कदमबाट उत्पन्न हुनसक्ने खतरालाई सामना गर्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिएका हुन् ।

उत्तर कोरियाको पछिल्लो परीक्षणपछि संसारमा शान्ति सुरक्षाको विषयलाई लिएर थप चर्चामा ल्याइदिएको छ । यसले गर्दा अमेरिका मात्र नभएर दक्षिण कोरिया र जापानका लागि पनि तनाव उत्पन्न गरेको छ । उत्तर कोरियाले दुई वर्षयदेखि निरन्तररूपमा आणविक परीक्षण जारी राखेको छ । क्षेप्यास्त्र परीक्षणको विरोधमा अमेरिका, संयुक्त राष्ट्रसंघलगायतले गरेको आग्रहको पनि उसले बेवास्ता गर्ने गरेको छ ।

उत्तरले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकामाथि प्रत्यक्षरूपमा मार हान्ने गरी आफूले यस्ता क्षेप्यास्त्र निर्माण गरिरहेको धम्की दिने गरेको छ । राष्ट्रपति मुनले सोलमा आयोजना गरिएको नियमित बैठकका क्रममा उत्तर कोरियाको पछिल्लो परीक्षणपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त रूपमा शान्ति स्थापनाको काममा लाग्ने प्रतिबद्धताका साथ काम गरिरहेको जानकारी पनि दिए ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको क्षेप्यास्त्र परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुन उल्लंघन गरेको प्रतिक्रिया अन्तर्राष्ट्रिय जगत्ले दिए पनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन । यसै विषयलाई लिएर केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच पनि फोनवार्ता भएको थियो ।

त्यस वार्तामा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री आबे उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लाउने र कूटनीतिक दबाब दिनेमा सहमत भएका थिए । त्यसैबमोजिम नै पछिल्लो समयमा उत्तर कोरियाका विरुद्धमा कडा खालको नाकाबन्दी लगाइएको छ ।

चीनद्वारा आयात रोक्का

बेइजिङ ः चीनले मंगलवारदेखि उत्तर कोरियाबाट आयात गरिने केही सामानमा प्रतिबन्ध लगाएको छ । सामुद्रिक भोजन, फलाम, कोइला जस्ता वस्तु आयात नगर्ने जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा प्रतिबन्ध लगाएको हुनाले आयात रोक्नुपरेको चिनियाँ वाणिज्य मन्त्रालयले स्पष्ट पारेको छ । अमेरिकाले उत्तर कोरियालाई दबाव दिन चीनसँग सहयोग अपेक्षा गरेको थियो । चीन उत्तर कोरियाको महत्वपूर्ण सहयोगी हो । वाणिज्य मन्त्रालयले आफ्नो वेबसाइटमार्फत उक्त जानकारी दिएको छ ।

चीन राष्ट्रसंघको स्थायी सदस्य हो । अगस्त ६ देखि उत्तर कोरियामाथि राष्ट्रसंघले कैयौं प्रतिबन्ध लगाएको छ । यसबाट प्योङयाङलाई वार्षिक एक अर्ब अमेरिकी डलर नोक्सान हुने बताइएको छ । अमेरिकाले भने चीनले प्योङयाङमा कडा कदम उठाउनुपर्ने बताउँदै आएको छ ।annapurnapost

The post प्रतिबन्ध असफल भए सैन्य आक्रमण हुन सक्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.