बाढीले २५ करोडको माछा बगायो

महेन्द्रनगर (धनुषा)। बाढीले धनुषामा २५ करोडभन्दा बढीको माछा बगाएको छ ।बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ ।

कृषि कार्यालय धनुषाका मत्स्य विकास अधिकृत लक्ष्मीनारायण भगतले पनि माछाखेतीमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताए । उनले पनि बाढीले माछाखेती गर्ने किसानलाई निकै ठूलो नोक्सानी भएको बताए ।

मत्स्य विकास तथा तालीम केन्द्र जनकपुरका अधिकृत शशिकुमार मिश्रले माछापालन गर्न तयार गरिएका १० लाख साना भुरा र दुई लाख फिंगर माछा बाढीले बगाएको छ । अधिकांश ठाउँमा पोखरीको डिल भत्केर माछा बगेको छ ।

महेन्द्रनगरका व्यवसायी रामशोभित मुखियाले क्षीरेश्वरनाथ महेन्द्र नगरमा सातवटा माछा नर्सरी, दुईवटा पोखरीमा रहेको माउ माछा र सखुवास्थित ३१ भन्दा बढी पोखरीमा रहेका तयारी माछा बाढीले बगाएको बताए । उनीहरुलाई रु एक करोडभन्दा बढीको नोक्सानी भएको भएको छ । सबैला नगरपालिकामा १२ बिघामा रहेको कुस्माहा पोखरीको माछा समेत बाढीले बगाएको छ । etajakhabar

The post बाढीले २५ करोडको माछा बगायो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.