अजयको विश्लेषण : सलमान र शाहरुख फ्लप हुँदै छन्

काठमाडौं – बलिउड अभिनेता अजय देवगन आफ्नो फिल्म सार्वजनिक हुनुअघि व्यापक गफ दिन्छन् । तर, उनका फिल्म भने फ्लप सावित हुन्छन् । अर्थात्, उनको फिल्मी करिअर ‘टाय टाय फिस्स’ चरितार्थ भएका उदाहरण धेरै छन् । तर, व्यक्तिगत रूपमा भने अजयले धेरै फ्यान बटुलेका छन् ।

पछिल्ला केही फिल्मलाई आधार मान्दा त सलमान, शाहरुख र अक्षयकुमारको क्रेज पनि खस्किँदै गएको मान्न सकिन्छ । तर, अहिले बलिउडमा दबदबा भने उनीहरूकै छ ।

तर, फिल्म ‘बादशाह’ ल्याउने तयारी गरिरहेका अजयले भने सलमान र शाहरुख फ्लप हुँदै गएको विश्लेषण गरेका छन् । एक अन्तर्वार्तामा उनले भने, ‘सलमान र शाहरुखको फिल्म फ्लप भइरहेका छन्, किनभने सामाजिक सञ्जालमा फ्यानले के भनिरहेका छन् त्यसतर्फ उनीहरूलाई कुनै चासो छैन ।’नयाँ पत्रिकामा खबर छ ।

‘ट्युबलाइट र जब ह्यारी मेट सेजल’प्रति इंगित गर्दै अजयले फ्यानको अपेक्षाअनुसार फिल्म दिन शाहरुख र सलमान पनि असफल हुँदै गएको बताए ।

The post अजयको विश्लेषण : सलमान र शाहरुख फ्लप हुँदै छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.