१० हजार मान्छे काटेका बालकृष्ण भन्छन : “एक दिन मरेको मान्छेले औठि माग्यो”

सज्जन कुमार सिँह

मान्छे चिर्ने जागिर
मरेको मान्छे देख्दा तपाइलाइ कस्तो लाग्छ ? सम्भवत तपाइ हामीलाइ निकै डर लाग्छ । कतिपय मान्छे त मरेका मान्छे देखेपछि बेहोस नै हुन्छन्। तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका अधिकाँस सँमय मरेका मान्छेको शरिर चिरेर बिताए् ।

२०११ सालमा पर्वत जिल्लामा बाबा खडे र आमा चिजा बोहोराको सन्तानका रुपमा जन्मिएका बालकृष्णलाइ जीवनभर मान्छे काटेर विताउन लेखेको रहेछ ।उनले आफ्नो अनुभवको बेलिविस्तार लगाउन सुरु गरे ।

इच्छाको पेशा र चाहनाको काम गर्न परिस्थितीले नदिए पनि आफुले गरेको काममा सन्तुस्ट हुन सके र रमाउन सके जहाँ पनि खुसी हुन्छ भन्ने मान्यता राख्ने बालकृष्ण ३५ बर्षसम्म लगातार (पोस्ट मार्टम)मान्छे चिर्ने काम गरेर केश फुलाए ।

उनले ३५ बर्षमा १० हजार भन्दा बढि मरेका मान्छेको शरिर चिरे । देख्दा सामान्य लागेपनि यो काम आफैमा कठिन र डर लाग्ने हो । उनको अनुभावले भन्छ दरिलो आँट भएन भने मान्छे चिर्न त के मुसा चिर्न पनि सकिन्न ।

उनी जागिरको सुरुवाति दिनतिर जादै सुरुवाति दिनको सँझनामा बहकिए । २०३९ सालमा पहिलोपटक उनि धौलागिरी अञ्चलको शब स्टोरमा दरिलो मुटु लिएर छिरेका रहेछन ।

“जागिरको मेसो थिएन मासिक,,रु १ सय ५० रुपैँयामा मान्छे काट्ने जागिर खुलेको थियो । सुरुमा सारै डर लाग्यो कसरी काट्ने होला मरेको मान्छे तरअरु कुनै जागिरको मेसो थिएन । जेजे पर्ला सके गरौला नत्र छाडौला भनेर हुन्छ भने । ”

जगिर सुरु भयो मान्छे चिर्ने । उनले पहिलो पटक २०३९ सालमा गुरु प्रसाद नाम गरेका एक जना ठेकेदारको मृत शरिर चिरेको बताए । “शब राख्ने ठाउमा ठेकेदारको शव राखिएको थियो । डाक्टरले ल बालकृष्ण काम यहि हो यता आउ भनेर बोलाए तर मेरो खुट्टा अघि बढेनन । कताकता डर लाग्यो ।

तिन चारदिनको शब थियो,। देख्दै सातो जाने तर साथमा डाक्टर र नर्स भएकोले केहि आट आयो । मरेको मान्छे त मरिहाल्यो किन डराउने भन्ने पनि भयो । हातमा पन्जा,मुखमा माक्स र शरिर पुरै ढाकने कपडा लगाए ।

एउटा हरियो टालो पेटमा पुग्ने गरि भिरे । डाक्टरले भने जसरी पेट,टाउको चिरे । त्यो रात त्यहि मान्छे आँखा वरिपरी आयो नदाउन सकिन ।” उनि फेरी त्यो राततिर फर्किए ।

भोलि पल्ट,पर्सि पल्ट दिनदिन लास चिर्ने काम । कहिले काहि त दिन मै ५,७ जना चिर्नुपथ्र्यो । गाडि दुर्घटना पर्दा कहिलेकाहि त अझै बढि शवहरु पनि पर्थे । त्यसपछि उनलाइ यो काम सामान्य जस्तो लाग्यो । सुरुमा डर लाग्यो त्यसपछि त फर्सि काटे जस्तै लाग्यो। शरिर चि¥यौ टन्न रक्सी मासु खायो अनि सुत्यो ।

सुरुमा १५० रुपैँया मासिक तलब दिने सहमति भएको थियो । पोस्ट मार्टम गर्ने मृतकका आफन्तले पनि उनको दुख हेरेर केहि रकम पनि दिन थाले । क्रमिक रुपमा काम गर्दा पैसा पनि आउथ्यो । १५० बाट सुरु भएको जागिर ३५ बर्षपछि १६ हजार सम्ममा आएर सके ।

सबैभन्दा डर लागेको क्षण–, “मरेको मान्छेले मेरो औठि ले भन्यो”
मान्छे चिर्दाको क्षणमा अनेकौ सँझना त रहने नै भए । तर सर्वजितलाइ सबैभन्दा बढि डर लागेको एउटा घटनाले आजपनि सताउदो रहेछ । उनले जिवनभरमा धेरै अनुभव बटुले तर यो डरको अनुभवले मुटु नै सिरिङ्ग गराउछरे ।

त्यो रात हो ५३ साल भदौतिरको जुन रात एक जना विहुको २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ । केटि हेर्न जादा ज्ञादीको भिरबाट लडेर मरेको रहेछ । दुइ तिन दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ ।

पोस्ट मार्टम गर्ने बेला मृतक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाइलाइ दिइसकेपछि एक्कासी केटाले मेरो औठि ले भन्दौ आफुलाइ झम्टन आएको उनले बताए ।

“फनफन्ती घुमायो मत त्यहि ठाउमा बेहोस भएछु । रातभर पनि उक्त केटाले मेरो औठि ले भन्दै आखा वरिपरि आएपछि जागिर छाड्ने निर्णय गरे । तर तरुण डाक्टरले छाड्न दिएनन् ।” फेरि अर्को दिन आएर पोस्ट मार्टम गरे । तर त्यो केटाले महिनौ सम्म सताउन छाडेन

अरु कोहि टिकेनन्
कामबाट निराश भएर काम छाड्न खोजे, अस्पतालका प्रमुख डाक्टर सँग झगडा सम्म गरे । तर त्यो काम गर्ने मान्छे् पाइएन । अस्पतालका डाक्टरले काम नगर्ने भन्दा गलहत्याए पछि उनले डाक्टरलाइ नै झापड हानेर तिन दिन हिरासत बस्नु प¥यो । उनको सट्टामा काम गर्न धेरै मान्छे आएपनि कोहि पनि मान्छे टिकेनन् ।

कोहि एक महिना कोहि दुइ महिना । केहि मान्छे त,उक्त ठाउमा जागिर गर्दा पागल भएर पनि हिडेपछि उनी नै त्यो काम गर्ने अव्वल र सुरो कहलिए । प्राय उनले पोस्टमार्टमको काम गरिसकेपछि टन्न रक्सि र मासु खान्थे ।

६३ बर्षमा पनि जवान
बालकृष्णको जिवनको अर्को रमाइलो पाटो हो विवाह । उनी ड्यूटि समय र अघिपछि पनि चिटिक्क परेर हिड्छन । उनले जिवनमा १३ ,१४ पटक विवाह गरेका रहेछन । तर उनीसँग धेरै जना टिकेनन् । कोहि सुनका औठि र पैसा लिएर भागे को कुरा सुनाए । भने केहि त कोहि मोरे पनि ।

उनले पछिल्लो पटक आफुभन्दा १६ बर्ष कान्छी गममाया बोहरा सँग विवाह गरे । आफूलाइ अझै १६ सत्र बर्षे युवा सम्झने सर्वजित भन्छन् । शारिरिक रुपमा निकै सक्रिय छु भर्खरका युवतिले पनि मलाइ आँखा लगाउछन । मान्छे चिरेरै उनलो उनले ६० ,७० लाख कमाए ।

अहिले उनी मासिक पेन्सन बुझेर बस्छन । भन्छन जिन्दगी प्रति दुख व्यक्त गर्ने होइन । काम सानो ठुलो हुन्न । हरेक ठाउलाइ सम्मानित बनायो त्यो सम्माननित हुन्छ । श्रोत: इनेपाल खबर

The post १० हजार मान्छे काटेका बालकृष्ण भन्छन : “एक दिन मरेको मान्छेले औठि माग्यो” appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.