आउँदो महिना गोर्खाल्याण्डको घोषणा हुने, तयारी थाल्न मोदीको गृहमन्त्रीलाई निर्देशन !

भारतको दार्जिलिङलगायतका पहाडी क्षेत्रमा गोर्खाल्याण्डको माग गर्दै केही महिना यता आम अड्ताल भइरहेको छ । तर, यही बेला इन्टरनेटमा एउटा खबर भाइरल भएको छ, जसले सबै ध्यान तान्यो । त्यो हो– आउँदो महिना भारतको ३० औं राज्यको रुपमा गोर्खाल्याण्ड घोषणा हुँदैछ ।

भारइल भएको खबरका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट बैठकले ३० औँ राज्य बनाउन मञ्जुरी दिएको छ । एक हप्ताभित्र बंगालबाट अलग गराई गोर्खाल्याण्ड राज्य बनाउन प्रक्रिया सुरु गरिनेछ । संसद्को आउँदो अधिवेशनमा गोर्खाल्याण्ड बनाउने विधेयक प्रस्तुत गरिने भाइरल खबरमा उल्लेख छ ।

प्रधानमन्त्री मोदीले गोर्खाल्याण्ड राज्य बनाउन आवश्यक प्रक्रिया थाल्न गृहमन्त्री राजनाथ सिंहलाई निर्देशन दिएका छन् ।

उक्त भाइल खबरको सत्यताको पुष्टि भएको छैन । भारतीय मन्त्रिपरिषद्को वेब साइटमा गोर्खाल्याण्ड बनाउने क्याबिनेट निर्णय भएको फेला परेन साथै हालसम्म भारतीय अधिकारीहरुले पनि यस विषयमा कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । यसर्थ उक्त भाइरल समाचारको सत्यतामा विश्वास गर्न सकिने अवस्था देखिँदैन । medianp

The post आउँदो महिना गोर्खाल्याण्डको घोषणा हुने, तयारी थाल्न मोदीको गृहमन्त्रीलाई निर्देशन ! appeared first on Taja nepali news.

http://ift.tt/2ifGstR
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.