काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा एवम् अखिल क्रान्तिकारीका नेता दीपेश पुन बाढीपीडितको उद्धारमा सक्रिय भएका छन्। बिहीबारदेखि लगातार परेको पानीका कारण पूर्वी तराई क्षेत्रको जनजीवन अस्तव्यस्त भएकै समयमा दीपेश सुनसरीको इटहरी पुगेका हुन्।
पुनले सुनसरीका सम्पूर्ण कार्यक्रम स्थगित गरेर संगठनन नै उद्धारमा लागेको बताएका छन्। उद्धारमा सक्रिय भएका तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गर्दै पुनले भनेका छन्, ‘सुनसरीका सम्पूर्ण कार्यक्रम स्थगित गरेर सुनसरीको संगठनको सम्पूर्ण शक्ति उद्वारमा लाग्यो।’
पुन यसअघि समेत संकटको समयमा उद्धारमा सक्रिय हुने गरेका थिए। २०७२ वैशाखमा आएको शक्तिशाली भूकम्पपीडितको उद्धारमा समेत सक्रिय रहेका पुन हिमाली क्षेत्रमा हिउँमा पुरिएका सर्वसाधारणको उद्धारमा समेत खटिएका थिए। पुनले आगोले जलेर मृत्युको मुखमा पुगेका चेपाङ युवालाई आफ्नै पहलमा राजधानीमा ल्याएर उपचार गराएपछि उनको चर्चा अझ बढी भएको थियो।
The post उपराष्ट्रपतिका छोरा दीपेश पुन बाढीपीडितको उद्धारमा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.