बाढीमा बालक बगाएका परिवार उपराष्ट्रपतिका छोरासँग भक्कानिए

काठमाडौं, साउन ३२ – गाड्ने ठाउँ नभएर बाढीमा बालक बगाएका सप्तरीका परिवारलाई उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले आर्थिक सहयोग गर्नुभएको छ ।  

दिपेशले कमद सदाको परिवारलाई २० हजार रुपैयाँ नगद र दाल चामल, चिनी, चिउरा र भाँडाकुँडा सहयोग गर्नुभएको हो । सप्तरीको कोइलाडी–६ का ८ वर्षका कमल सदाको डुबेर ज्यान गएपछि गाड्ने ठाउँ पनि नहुँदा सदा परिवारले उनको शव बाढीमै बगाइदिएको घटना अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चामा आएको थियो । 

अखिल क्रान्तिकारीको कार्यक्रमको लागि इटहरीमा रहेका बेला बाढी आएपछि दिपेश पुन इटहरी, सिरहा, सप्तरी लगायतका बाढीपीडितको उद्दारमा जुट्नुभएको थियो । ‘हुन त डुवानमा परेका धेरैजसो परिवारको विचल्ली भएको छ, तर यहाँको सदा परिवारको निक्कै नै विजोग देखेँ र केही महिनाको पकेटखर्च सहयोग गरेको हुँ’ पुनले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘एकातिर परिवारको सदस्यलाई बाढीमा बगाउनुको पीडा त छँदैछ, अर्कातिर किरिया खर्च  पनि नहुँदको दर्दनाक अवस्था देख्न सकिन र सहयोग गरेँ ।’  

दिपेशले सहयोग गरेपछि सदा परिवारका सदस्य उहाँलाई अँगालो मारेर भक्कानिएका थिए । सरकारले तराइमा राहत तथा उद्दारमा तिव्रता दिएको जनाए पनि हजारौं परिवार अहिले पनि धेरै दिनदेखि भोकभोकै पानीमै डुवेर बसेको आफूले देखेको उहाँले बताउनुभयो । सदा परिवारको विचल्ली देखेर मन छिया छिया भएको पनि दिपेशले आफ्नो फेसबुक पेजमा लेखेका छन् । ujyaaloonline

 

 

तस्बिर – दिपेश पुनको फेसबुकबाट

The post बाढीमा बालक बगाएका परिवार उपराष्ट्रपतिका छोरासँग भक्कानिए appeared first on Taja nepali news.

http://ift.tt/2w22cPv
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.