दोक्लाम विवादपछि भारतीय सैनिकको गतिबिधि बढ्यो कालापानीमा ..

दार्चुला : नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको कालापानीमा भारतीय सैनिकले आफ्नो गतिबिधि बढाएको छ । पछिल्लो केहिदिन यता भारतीय सेनाले विबादास्पद कालापानीमा सैनिक गतिबिधि बढाएपछि स्थानीयमा त्रास फैलिएको छ ।

चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिति बढाउने चर्चा भई रहेका बेला भारतीय पक्षले आफ्नो उपस्थिति र सकृयता बढाएको हो ।
भारतको धारचुलामा रहेको गोर्खा रेजिमेन्टको ब्यारेकबाट भारतीय सेनाको हेलोकप्टरबाट दैनिक जसो सैनिक ओसार्ने गरेको स्रोतले बताएको छ ।
भारतीय दैनिक पत्रिका नव भारत टाईम्सले पनि दोक्लाम बिबादपछि भारतले चीनसंग सीमा जोडिएका क्षेत्रमा सैनिकको संख्या बढएको पुष्टि गरेको छ । चिनिया सैनिकले गरेको गतिबिधि देखेर भारतले एक हजार चार सय किलोमिटर लामो चीन भारत सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको हो ।

सन १९६२ मा चीन र भारत बीच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षति समेत बेर्होनु परेको थियो । त्यस्तै नेपाली पक्षबाट पनि पटक पटक कालापानी छोड जस्ता अभियान र चर्का जुलुस गरी केन्द्रकै टोली जिल्ला सदरमुकाम खलंगा आउनेहरुलाई भारतीय सेनाले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बर्ष चीन भ्रमणमा गएको वेलामा कालापानीलाई दुई देशको व्यापारिक नाका बनाउने सहमति गरेपछि नेपालमा त्यसको बिरोध हुँदै आएको छ । annapurnapost

The post दोक्लाम विवादपछि भारतीय सैनिकको गतिबिधि बढ्यो कालापानीमा .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.