दीपेन्द्र गए तर दुःख गएन देवयानीको..

काठमाडौं । कमल थापासँग साँवा–ब्याजसहित असुल हुनेगरी पार्टी फुटाएर पशुपति समशेरकी छोरकिो घरबार टुटेको छ । स्रोतका अनुसार यता थापाको भन्दा धेरै सांसद आफूसँग लिन सफल राणाकी छोरी देवयानीले भने आफैंले रोजेर विवाह बन्धनमा बाँधिएको पतिलाई ठूलो धनराशी बुझाएर छुटकारा लिएकी हुन् ।

देवयानी उनै चर्चित युवती हुन् जोसँग जोडेर २४० वर्षे शाहवंशकै अन्त्य हुनेगरी ०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डभएको थियो । तत्कालीन रानी ऐश्वर्यले पशुपतिपुत्री देवयानीलाई बुहारी स्विकार्न नमानेपछि तन्किएका अनेकन घटनाक्रमको जगमाथि टेकेर सो दुःखद घटना भएको विश्वास गरिन्छ । तत्कालीन युवराज दीपेन्द्रसँग प्रेममा परेकी देवयानी सो पीडा र सारा सम्झना भुल्न स्विट्जरल्याण्ड गएकी थिइन् ।

त्यहीँको एक क्लबमा उनको ऐश्वर्य नै नाम गरेका तर पुरुष जातका एक युवकसँग भेट भयो । विस्तारै भेटघाट झांगिँदै प्रेम सम्बन्धमा परिणत भएपछि उनले आफूभन्दा ५ वर्ष कम उमेरका ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् । उनी कांग्रेस आईका नेता तथा भारतका पूर्वमन्त्री अर्जुन सिंहका नाति हुन् । तर, देवयानीको दोस्रो रोजाइ पनि गलत सावित भयो । जीवनसाथीको रुपमा गरिएको चयन अभिशाप बन्ने स्थिति देखाप¥यो ।

ऐश्वर्यको अत्यधिक जाँड खाने, मनमौजी गर्दै हिँड्ने, परस्त्रीगमनलगायत चारित्रिक कमजोरीका कारण देवयानी पतिसँग बस्न नसक्ने अवस्थामा पुगिन् । उनीहरुबीचको दाम्पत्य जीवन नजमेकै बेला ऐश्वर्यका हजुरबुबाले मन्त्री रहँदा आर्जन गरेको अवैधानिक सम्पत्ति लुकाएर राखेको मुलुक पोल्याण्डले खाता जफत ग¥यो ।

यसरी अर्बौं रकम एकैचोटि जफतमा परेपछि आर्थिक रुपमा समेत तन्नम बनेका ऐश्वर्यको देवयानीमाथिको अत्याचार बढ्दै गएको बताइन्छ । देवयानीका मावली ग्वालियको सिन्धिया घराना भएका कारण उनीहरुको समेत सहयोगमा आजित भएर उनले ऐश्वर्यको माग पूरा गर्दै चुलोचौको अलग गरेर बसेको स्रोतले बताएको छ ।

सम्बन्ध खराब भए पनि कानुनी रुपमा औपचारिक सम्बन्धविच्छेद नभएका कारण केही वर्ष भान्छा अलग तर एउटै घरमा बस्ने व्यवस्था मिलाइएको थियो । दिल्लीका रइसहरु बस्ने कालन्दीस्थित एउटा विशाल कम्पाउण्डसहितको दरबारजस्तो घरमा अहिले उनको बसोबास छ । नौ वर्षीय छोरा आफैंसँग राख्ने शर्तसहित उनीहरु छुट्टिएका हुन् । टेस्टट्युब प्रविधिबाट लण्डनमा जन्मिएको छोरालाई आफूसँग राख्ने चाहना पूरा गर्न देवयानीले ऐश्वर्यलाई करोडौं रकम तिर्नुपरेको हो । जनअास्था साप्ताहिकले छापेको छ।

The post दीपेन्द्र गए तर दुःख गएन देवयानीको.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.