यी हुन् पानीबाट चल्ने ६ कार, एकपटक ट्याङ्क फूल भएपछि ६०० किमी कुद्ने

काठमाण्डौ । विश्वका अग्रणी अटोमोवाइल कम्पनीहरुले नयाँ नयाँ उत्पादन ल्याएर विश्वलाई चकित पारिरहेका छन् । यही क्रममा उनीहरुले पानीबाट चल्ने हाइडोजन कार उत्पादन गरी विश्वमै तहल्का मच्चाइरहेका खबर हाम्रा लागि नौलो हुनसक्छ । पेट्रोल, डिजेल र सिएनजीपछि यी कम्पनीहरुले हाइब्रिड तथा इलेक्ट्रिक प्लग इन कार बनाएर मानिसलाई चकित बनाइसकेका छन् । अब यी कम्पनीहरुले नेक्स्ट फ्यूल सेल, जसलाई हाइड्रोजन पावर फ्यूल भनिन्छ, पेश गरिरहेका छन् । हाइड्रोजन फ्यूल सेल भेइकल(पानीबाट चल्ने कार) विश्वका अटोमोवाइल कम्पनी जस्तै, हुण्डाई, होण्डा, टोयोटा आदिले बनाइरहेका छन् । केही स्टार्टअप्सहरुले समेत यस्तो कारमा काम गरिरहेका छन् ।

निकोला मोटर लिमीटेडका एक इञ्जिनियरका अनुसार कम्पनीको हाइड्रोजन पावर ट्रक १५ मिनेटमा रिफ्यूल हुन सक्छ । यस्तै, कारजस्तै होण्डा क्ल्यारिटी, टोयोटा मिरे आदिलाई केवल ३ देखि ५  मिनेटभित्र रिफ्यूूल गर्न सकिन्छ । अर्कोतर्फ, एक इलेक्ट्रिक प्लग इन कार चार्ज हुन २४ घण्टा समय लाग्दै आएको छ ।

होण्डाले पेश गरिसकेको छ हाइड्रोजन कार


होण्डा मोटर कर्पोरेसनले आफ्नो हाइड्रोजन पावर फ्यूल सेल भेइकल क्ल्यारिटीको नयाँ संस्करण हालै लञ्च गरेको छ । यो कार मात्र ३ मिनेटमा रिफ्यूल हुन्छ र यसबाट ६ सय किलोमिटरको यात्रा तय हुन्छ । होण्डाले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि पुरानो संस्करणको तुलनामा नयाँ संस्करणमा फ्यूल सेललाई ३३ प्रतिशत सानो पारिएको छ, तर यसको बाबजुद यसको आउटपुट १ सय केडब्ल्यूू भन्दा धेरै छ । यो कारलाई अहिले यूकेमा चलाउने गरिएको छ ।यो कारको अधिकतम आउटपुट १३० केडब्ल्युु रहेको छ भने ७० एमपी हाइ प्रेसर हाइड्रोजन स्टोरेज क्षमताको ट्यांकी रहेको छ ।

टोयोटाको मिरे


टोयोटाले आफ्नो हाइड्रोजन फ्यूल कारलाई अहिले अस्ट्रेलियामा बिक्री गरिरहेको छ। टोयोटाको यो कार निकै लोकप्रिय भइरहेको छ । यो कारको प्रतिस्पर्धा होण्डाको क्ल्यारिटीसँग भइरहेको छ । टोयोटाको दाबी अनुसार यो कारको दुुई ट्यांक फूल भएपछि यसले ५५० किलोमिटरसम्मको माइलेज दिन्छ । यसमा कुल ५ किलोग्रामको हाइड्रोजन स्टोरेज रहेको छ । यो कारको पावर ११२ केडब्ल्यु, ३३५ एनएम टर्क तथा ०.९ किलोग्राम हाइडोजन कम्प्रेस्ड गरेपछि स्पीड १८० किलोमिटर प्रतिघण्टा हुनेछ ।

निकोला मोटर


ट्रक उद्योगमा नवीनतम उत्पादनको पर्याय निकोला मोटर कम्पनीले आफ्नो हाइड्रोजन पावर ट्रकलाई पेश गरिसकेको छ । निकोलाले ३२० केडब्ल्यू ब्याट्रीको साथमा समेत आफ्नो उत्पादन पेश गरिसकेको छ । यो टक १९३१ किलोमिटरसम्म कुद्न सक्छ । यो ट्रकलाई मात्र १५ मिनेटमा रिफ्यूल गर्न सकिन्छ । निकोलाका अनुसार सन् २०१८ मा उसले अमेरिकामा ३६४ हाइड्रोजन स्टेसन बनाउनेछ । यो स्टेसन सर्वसाधारणका लागि सन् २०१९ को अन्तसम्ममा सुरु भइसक्छ ।
होण्डा आईएक्स ३५


पहिलो पटक उत्पादन गरिएको ६ वटा होण्डा आइए्क्स ३५ यूकेमा बेचिएको थियो । यसपछि यसको माग समेत निकै बढ्यो । यो कार एकपटक ट्यांक फूल भएपछि ४ सय किलोमिटर भन्दा धेरै दूरीसम्म कुद्न सक्छ ।

लेक्सस पनि हाइड्रोजन कार बनाउँदै


लेक्ससले समेत चाँडै नै आफ्नो पहिलो हाइड्रोजन फ्यूल लग्जरी कार लञ्च गर्ने तयारीमा जुटेको बताएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । उसका उत्पादन सन् २०२० सम्म बजारमा आइसक्नेछन् । कम्पनीका अनुसार यी कारहरु विभिन्न मोडलमा पेश गरिनेछ । यी कारहरुलाई सन् २०२० मा हुने टोकियो ओलम्पिक खेलको दौरान लञ्च गर्ने कम्पनीको लक्ष्य छ । source: bizshala

The post यी हुन् पानीबाट चल्ने ६ कार, एकपटक ट्याङ्क फूल भएपछि ६०० किमी कुद्ने appeared first on Taja nepali news.

http://ift.tt/2uYMJLz
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.