अमेरिकाले परमाणु गोलाबारुदसहितको बमवर्षक विमान तयारी अवस्थामा राख्यो

गुआम, भदौ २ । अमेरिकाले प्रशान्त महासागरस्थित गुआम द्धिपको हवाई अड्डाको जाहाज रनवेमा परमाणु गोलाबारुदसहितको बी–१ बमवर्षक विमान तयारी अवस्थामा राखेको छ ।

उत्तर कोरियाले अमेरिकी नियन्त्रित गुआम द्धिपमा मिसाइल हमला गर्ने धम्की दिएपछि प्रतिरक्षाका लागि भन्दै अमेरिकाले हातहतियारयुक्त बमवर्षक विमान तयारी अवस्थामा राखेको हो ।

उक्त द्धिपलाई अमेरिकी सेनाको सबैभन्दा ठूलो हातहतियार तथा गोलाबारुद भण्डारण क्षेत्र मानिन्छ । गुआम द्विपमा रहेकोे घना जंगलभित्र हवाइए अड्डा, पहाडी भु–भागको भित्रि सुरुङ र सामुद्रिक तटमा कैयौं दिनसम्म युद्ध लड्न सकिनेगरी हातहतियार तथा गोलाबारुद तयारी अवस्थामा राखिएको ‘बीबीसी’ले उल्लेख गरेको छ ।

अमेरिकाले द्धिपको उत्तरी किनारको घना जंगलको भित्रि भागमा रहेको रनवेमा बी–१ बमवर्षक एअरबस तयारी अवस्थामा राखिएको छ । त्यस्तै गुआम द्धिपको दक्षिण क्षेत्रमा रहेको पहाडमुनि सुरुङमा सुरक्षित रुपमा कैयौँ दिनसम्म युद्ध गर्न सक्नेगरी परमाणु मिसाइल तथा अन्य गोलाबारुद राखिएको छ । साथै, गुआम द्विपको चारैतिर सामाुद्रिक तटमा परमाणु पनडुब्बि जहाज तयारी अवस्थामा राखिएको छ ।

गुआमाका गर्भनर एडी केल्वोले अमेरिकी सेनाको सबैभन्दा ठूलो परमाणु भन्डारण क्षेत्र गुआम रहेको बताए । उनी भन्छन्, ‘यति ठूलोमात्रामा युद्धसामाग्री अमेरिकाको कुनै क्षेत्रमा राखिएको छैन् । उनले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई एकहजार प्रतिशत विश्वास गरेको बताए ।

अहिले उक्त द्धिपमा आउने दक्षिण कोरिया र जापानका पर्यटकको संख्या ७० प्रतिशतले घटेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

उत्तर कोरियाले अगष्टको मध्यतिर चारओटा मिसाइल गुआममा परमाणु मिसायल हमलाको योजना अन्तिम चरणमा पुगेको बताएपछि बमवर्षक विमान लगायत अन्य परमाणु हतियार तयारी अवस्थामा राखिएको जनाइएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले ह्वासङ–१२ नामक चारओटा रकेट आक्रमणका लागि तयार रहेको जनाएको छ । यता, अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र रक्षा सचिव म्यटिसले पनि अमेरिकी सेना उत्तर कोरियाको परमाणु हमलाको जवाफ दिन तयार रहेको प्रत्तिकृया दिइसकेका छन् ।

The post अमेरिकाले परमाणु गोलाबारुदसहितको बमवर्षक विमान तयारी अवस्थामा राख्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.