बढ्यो प्रभासको पारिश्रमिक, बने दोस्रो महंगो अभिनेता

एस एस राजमौलीको निर्देशनमा बनेको सिनेमा बाहुबली सीरिज पछि सिनेमाका अभिनेता प्रभासलाई लिएर सिनेमा बनाउने निर्माताहरुको लाईन लागेको छ । उनलाई लिएर केही बलिवुड निर्माताले पनि सिनेमा बनाउन चाहेका छन् । तर प्रभास भने आफूले सम्झौता गरेका दक्षिण भारतीय सिनेमाको काम सकाएपछि मात्रै बलिवुडमा डेब्यु गर्ने सोचमा छन् । यतिबेला उनी सिनेमा ‘साहो’को छायाकंनमा व्यस्त छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार ‘साहो’का लागि प्रभासले ३० करोड पारिश्रमिक लिएका छन् । जबकी उनले ‘बाहुबली २’ मा २५ करोड पारिश्रमिकमा काम गरेका थिए ।

दक्षिण भारतीय सिनेमाका अन्य अभिनेताको पारिश्रमिक हेर्ने हो भने प्रभास दोस्रो महंगो अभिनेता बनेका छन् । यस अघि अभिनेता रजनीकान्तले ५० देखि ६० करोड पारिश्रमिक लिँदै आएका छन् । त्यस्तै कमल हसनले एक सिनेमाको ३० करोडसम्म पारिश्रमिक लिँदै आएका छन् । तर अन्य अभिनेताहरुको पारिश्रमिक भने ३० करोड भन्दा कम नै हुने गरेको छ ।
प्रभास अभिनित ‘साहो’लाई हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज गरिने भएको छ । पहिले यस सिनेमामा प्रभासको अपोजिट अभिनेत्री अनुश्का शेट्टीलाई लिने कुरा थियो । तर दिन प्रति दिन अनुश्काको मोटोपन बढेपछि सिनेमामा श्रद्धा कपूरलाई लिईएको छ । यस सिनेमामा अभिनेता निल नितिन मुकेश पनि हुनेछन् । gufgaf

The post बढ्यो प्रभासको पारिश्रमिक, बने दोस्रो महंगो अभिनेता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.