बिहानै आयो दुखको खबर : राजधानी जोड्ने पूर्वी नेपालको ‘लाइफलाइन’ रातु पुल भाँसियो

बर्दिबास : पूवपश्चिम राजमार्गअन्र्तगत महोत्तरी र धनुषाको बीचमा पर्ने रातु खोलाको पुल भाँसिएको छ । अविरल बर्षासंगै पूर्व नेपाललाई काठमाडौंसँग जोड्ने रातु खोलाको पूल भाँसिएको हो ।

शनिबार साँढे ६ बजेको समयमा रातु खोलामा आएको भिषण बाढीले खोलाको पूल भाँसिदा यातायात सेवा प्रभावित बन्न पुगेको छ । सात वटा पिलर मध्ये चौंथौ पिलर भाँसिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले बताए । १९९० साल तिर निर्माणधिन रातु पुलको महोत्तरी तिरको दुई वटा पिलर भाँसिएको दुई बर्षा नबित्दै पुलको चौथौं फिल भाँसिएको हो ।

‘पूल भाँसिएको छ । मालवाहक सवारी साधन संचालमा रोक लगाएका छौं,’डिएसपी शर्माले भने,‘ प्रहरीको निगरानीमा यात्रुबाहक बसका यात्रु ओरालेर आवत जावत गराएका छौं । खोलामा भिषण बाढी भएकोले जोखिम भने कायमै छ ।’

पुल भाँसिएपछी सयौं मलवाहक सवारी अलपत्र परेका छन् । महोत्तरीको बर्दिबास र धनुषाको लालगढतिर मालवाहक तथा हैवी सवारी साधनको ठूलो लाम लागेको छ । मालवाहक सवारीका चालकले खान पाएका छैनन् । लागातारको बर्षाले बिहानै बर्दिबास र लालगडका होटलहरु समान्य मात्रा खुलेकाले खाना खान समस्या नै छन् ।

प्राविधिक चेकजाँचपछि मात्र मालवाहक सवारी साधन सञ्चालन गरिने महोत्तरीका एसपी कुवेर कडायतले बताए । ‘ पुलमा धनुषा र महोत्तरीका प्रहरीको बाक्लो उपस्थिती बढाएका छौं । पुल लच्किएको खवर छ । ‘ दुई बर्ष अघि रातु पुलको सात पिलर मध्य महोत्तरीको दुई वटा पिलर भाँसिएपछि महिनौंसम्म यातायात सेवा अवरुद्ध बनेको थियो । पछि बेलिब्रिज फिट गरेर यातायात सञ्चालन गरिएको थियो ।

खोलामा निरन्तर बाढी बढेकोले बाढीले पुल बगाउन सक्ने खतरा बढेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकिय अधिकृत हेमबहादुर कार्कीले बताए । ‘खोलामा बाढी बढेको बढैछ । अब के गर्ने ?’

रातु पुलको भाँसिएको दुई पिलर मर्मत सम्भार गरि काम चलाएको एक बर्ष नहुँदै फेरी पिलर भाँसिएको हो । महोत्तरी तिरको चौंथौ पिलर भाँसिएपछी हजारौं यात्रु तथा मालवाहक सवारी साधनका सरोकारवाला समस्यामा परेका जनता माध्यमिक विद्यालय बर्दिबासका शिक्षक शंकर महतोले गुणासो गरे।

खोलामा नयाँ पुल निर्माण ढिलो गरि सुरु हुँदा रातु खोलाको पुल फेरी भाँसिएपछी स्थानीय चिन्तित भएका बर्दिबास सेवा समितिका अध्यक्ष हिरालाल गौतमले बताए । उनले भने,‘हाम्रो महोत्तरी र धनुषाको बीचको रातु पुल पूर्वी नेपाललाई काठमाडौंसंग जोड्ने एक प्रकारको लाइफ लाइन नै हो । रातु पुल भाँसिएसंगै मधेशको पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने देशकै मेरुदण्ड मानिने रातु पूल भाँसिदा हामीलाई चिन्नित बनाएको छ । ‘

रातु खोलामा मंसिरदेखि नयाँ पुल बन्ने क्रममा छ । पाँच वटा पुलको पिलरको काम सकिएको छ । तर बर्षाको कारणले रातु खोलामा बाढी आएकोले काम भने एक महिना अगाडी देखिनै रोकिएको छ ।annapurnapost

The post बिहानै आयो दुखको खबर : राजधानी जोड्ने पूर्वी नेपालको ‘लाइफलाइन’ रातु पुल भाँसियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.