कपालको लागि बरदान ‘भिण्डी’, यसरी घामले डडेको छालालाई पनि पर्छ ‘चमकदार गोरो’

एजेन्सी – हामीले तरकारीको रुपमा प्रयोग गर्ने भिंडिले छाला र कपालसम्बन्धि धेरै समस्याबाट छुट्कारा दिलाउँछ । जस्तै ः ड्राई स्किन , स्किन इन्फेक्शन , कालो छाला, डेंड्रफ आदि । भिंडिको प्रयोगबाट जवान देख्न सक्ने ८ ब्युटि टिप्सहरु यसप्रकार छन् ।

सुन्दर कपालको लागिः

१. कपालको चांया हटाउन: सबैभन्दा पहिला भिंडिलाई सानो गरि काट्नुहोस् । त्यसपछि उमालेको पानीमा हाल्नुहोस् । चिसो भईसकेपछि पानीलाई छानेर आधा कागतीको रस मिसाउनुहोस् र शैंपु लगाईसकेपछि अन्तमा यस पानीले कपाल पखाल्नुहोस् । भिंडिमा प्रोटिन पाईन्छ । र यस्ले टाउकोमा ब्लड सर्कुलेशनलाई बढाउँछ । जस्ले कपाल बढाउन, चांया हटाउन , कपाललाई टल्काउन मद्धत गर्छ ।

२. स्कैल्प मोइस्चराइजर: ८ वटा भिंडिलाई थोरै पानीमा उमाल्नुहोस् । हल्का गाढा च्यापच्याप गर्नै तरल पदार्थ बनिसकेपछि छानेर अलग राख्नुहोस् । र त्यसमा बासनाको लागि आफूलाई मनपर्नै तेल मिसाउनुहोस्

र नुहाइसकेपछि यस पानीले पखाल्नुहोस् । यसबाट तपाइँको कपाल नरम, शिल्क र टल्किने देखिनेछ । यदि २–४ दिन सम्म भण्डार गर्नुहुन्छ , भने डिस्टिल वाटरमा यसलाई बनाई फ्रिजमा राख्नुहोस् । यसको प्रयोग हरेक किसीमको कपाललाई सुहाउँछ । ड्राई , कर्ली कपालको लागि यस्ले धेरै राम्रो मोइस्चराइजरको रुपमा काम गर्छ । यसले डैंड्रफ र स्कैल्पको चिलाउने समस्याको पनि निराकरण गर्छ ।

३. हेयर कन्डिशनर: माथि तयार गरिएको भिंडिको पानीमा कागती नमिसाइकन नुहाईसकेपछि कपालमा लगाई मसाज गर्नुहोस् । २ मिनेट राखि सफा पानीले कपाल पखाल्नुहोस् ।

४. टल्किने कपाल: राति दुई कप भिंडिलाई काटेर दुई कप पानीमा १५ मिनेट उमाल्नुहोस् । त्यस पानीलाई छानेर १० मिनेट सेलाउन दिनुहोस् । र अर्कौ भांडामा राखी रातभरीको लागि छोड्नुहोस् । बिहान यस्लाई कंडिशनरको रुपमा प्रयोग गर्नुहोस्
सुन्दर छालाको लागि: एउटा भिंडिलाई काटेर सफा पानीमा आधि घण्टा भिजाएर राख्नुहोस् । यसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् र सुकाउनुहोस । अनि सफा पानीले मुख धुनुहोस्

। भिंडिमा एन्टिब्याक्टेरियल , एन्टिफ्लामेटरी र रीहाइड्रेटिंग आदि पाईन्छ । जस्ले ड्राई स्किन र कुनैपनि स्किन ईन्फेक्शनको समस्या हटाउन मद्धत गर्छ । छाला चिलाउने समस्या हटाउन पनि यस्ले मद्धत गर्छ । भिंडिमा भिटामिन ‘सी’ र ‘इ’ पनि पाईन्छ । जस्ले छालाको दागहरु हटाउँछ । र घामबाट कालो भएको छालालाई गोरो बनाउँछ

आकर्षक छालाको लागि: आधा कचौरा पानीलाई उमाली २–३ भिंडि र आधा चम्चा जीरा हाल्नुहोस् । र ८–१० हरियो धनियाँ हाली उमाल्नुहोस् । त्यसपछि छानेर चिसो हुन दिई ३–४ दिनसम्म फ्रिजमा राख्नुहोस् । यसलाई अनुहार , हात र खुट्टामा लगाई एक घण्टासम्म त्यसै छोड्नुहोस् । अब काक्रोंको जुसलाई अनुहारमा लगाई ५ मिनेट छोड्नुहोस् । अनि सफा पानीले मुख धुनुहोस् । गोरो छालाको लागि हप्तामा दुईचोटि प्रयोग गर्नुहोस् ।

फेसपेक: कन्डिसनर बनाएर बाँकी भएको भिंडिलाई पिसेर पेस्ट बनाई अनुहारमा लगाउनुहोस् । १५ – २० मिनेट लगाई सफा पानीले मुख धुनुहोस् ।

सन्दर खुट्टाको लागि:
कच्चा भिंडिको पेस्ट खुट्टामा राम्ररी लगाई मसाज गर्नुहोस् । र सुकेपछि सफा पानीले धुनुहोस् । यसबाट तपाइँको खुट्टा सुन्दर देखिने छ ।

The post कपालको लागि बरदान ‘भिण्डी’, यसरी घामले डडेको छालालाई पनि पर्छ ‘चमकदार गोरो’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.