सलिनको तस्विर हेरेरै ‘एस’ भनेकी थिइन् साम्राज्ञीले….(हेर्नुहोस् भिडियो)

साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली दर्शक माँझ छोटो समयमै लोकप्रिय भएकी अभिनेत्री हुन् । दोस्रो सिनेमा रिलिजको सँघारमा हुँदा साम्राज्ञीको चर्चा सिने वृतमा खुबै छ ।

डेब्यु सिनेमामा अनमोल केसीसँग स्क्रिन शेयर गरेकी यी अभिनेत्रीले दोस्रो सिनेमा ‘ए मेरो हजुर २’मा सलिनमान बानियाँसँग जोडी बाँधेकी छन् । ट्रेलर र गीतबाट दर्शक माँझ देखिसकेको यो जोडीले एक किसिमको छाप छोडीसकेको छ ।

साथै ‘ए मेरो हजर २’बाट नेपाली सिनेमामा डेब्यु गर्दै गरेका सलिनमानलाई दर्शकले राइजिङ स्टारको ट्याग भिराईसकेका छन् । सिनेमा रिलिज नहुँदै दर्शकको रोजाई परेका यी ह्याण्डसम ठिटोलाई ‘ए मेरो हजर २’मा साम्राज्ञीसँग जोडी जमाउँने अवसर कसरि मिल्यो त ?

नेपाली सिनेमाकी लोकप्रिय अभिनेत्री झरना थापा निर्देशनमा डेब्यु गर्ने योजनामा थिइन् । त्यो पनि ब्लकबस्टर सिनेमा ‘ए मेरो हजुर’को सिक्वेलबाट । यसको लागि झरनाले साम्राज्ञीलाई अनुबन्धित गरिसकेकी थिइन् । बोल्ड एण्ड ब्युटी साम्राज्ञीको अपोजिट एक आकर्षक अनुहारको खोजि थियो । साम्राज्ञीलाई झरनाले थुप्रै युवाहरुको तस्विर देखाईसकेकी थिइन् । सिनेमाको कथा अनुसार आकर्षक अनुहार फेला नपार्दा ‘ए मेरो हजुर २’ छायाँकनको लागि धेरै ढिला भैरहेको थियो ।

अन्तत: सलिनको तस्विर झरनाको हातमा पर्यो । झरनाले सम्वन्धित व्यक्तिसँग सलिनको बारेमा जानकारी लिईसकेकी थिइन् । सिनेमाको टिमसँग साथिको जस्तो व्यवहार गर्ने झरनाले साम्राज्ञीलाई पनि तस्विर देखाईन । तस्विर हेर्न वितिक्कै साम्राज्ञीले ‘एस’ भनिदिईन । किनकी साम्राज्ञीले एसअघि एक फेसन विकमा सलिनको ट्यालेन्ट देखिसकेकी थिइन् ।

नतिजामा झरनाको छनोटलाई दर्शकले मन पराएका छन् । सुनिलकुमार थापाको लगानीमा निर्मित ‘ए मेरो हजुर २’ वर्षकै प्रतिक्षित सिनेमा हो । यो सिनेमामा सलिन र साम्राज्ञीका अलावा सलोन बस्नेत, अनुभव रेग्मी, विल्सनविक्रम राई, अम्बर सुवेदी, सुमन पौडेल, बुद्दी तामाङ, अनुवर कुँवर लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । (हेर्नुहोस् भिडियो)


source:.osnepal

The post सलिनको तस्विर हेरेरै ‘एस’ भनेकी थिइन् साम्राज्ञीले….(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.