नेत्रबिक्रम चन्द ‘विप्लब ‘ नेतृत्वको नेकपाले कोशी ब्यारेज तुरुन्त नखोले ब्यारेज ध्वस्त पार्ने चेतावनी दिएको छ । प्रबक्ता खड्ग बहादुर बिस्वकर्माले संबाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा हालै भईरहेको घटना भारतले कोशी ब्यारेजको ढोका नखोलेर यो सबै भारतकै कारण भैरहेको भन्दै लैनचौरमा रहेको भारतीय दुताबास पनि नरहने चेतावनी दिएका छन् ।
नेकपा एक नेता भन्छन _तराइ डुवानमा छ, पहाड पहिरोमा छ। बाटोहरु बन्द छन, आफ्नै नदीहरु थुनिएका छन्। देशमा धनजनको ठुलो क्षेती भैरहेको छ। यसको एउटा प्रमुख कारण हाम्रा नदीनालाहरुमा छिमेकी भारतले बाँधेका बाँधहरु द्वारा देशका नागरिकहरुले आपतविपत झेल्नु परेको छ। अर्को ठुलो विडम्बना, बाँध बाँधेर बन्द गरिएका ढोकाहरुको साँचो दिल्लीलाई थम्याएर चाहेको बेला ढोका खोल्न नपाउनु हामी नागरिकहरुका लागि ठुलो दुर्भाग्य बनेको छ। राज्यको यहि ठुलो गल्तिप्रति नागरिकहरु आक्रोस पोखिएका छन्। यस्तो अबस्थामा देश भक्तहरु चुप चाप बस्नु हुन्न ।
सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु भारतले नखोलिदिंदा दर्जनौं गाउँ डुवानमा परेका छन्, धेरैको मृत्यु भएको छ। कोशीको बहाव अझै बढी रहेको छ। परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय संग सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु खोल्न आग्रह गरेतापनि अझै ढोका खोलिएको छैन।
copy from : http://ift.tt/2vuMVpf
The post कोशी ब्यारेज तुरुन्त नखोले ध्वस्त पार्ने चेतावनी appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.