भर्खरै नारायणघाट मुग्लिन सडक खण्डबाट आयो डरलाग्दो खबर

चितवन, २८ साउन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ को सेतीदोभान भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

दिनभरको अविरल वर्षापछि पहिरोको जोखिम हुनसक्ने भन्दै अपराह्न २ बजेदेखि सवारी आवागमन रोकिएको थियो । त्यसको केही समयमा मुग्लिनबाट नौ किलोमिटर नारायणगढतर्फ सेतीदोभान नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

त्यसैगरी, मुग्लिनको मुखैमा, भालुढुंगा, भोर्लेलगायत ठाउँमा पनि पहिरो खसेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार बीचसडक क्षेत्रमा पुग्न नसकेकाले अन्य के–कति ठाउँमा पहिरो खसेको छ जानकारी हुन सकेको छैन । यद्यपि ठूला पहिरो कुनै पनि नभएकाले पहिरो रोकिएमा सफा गर्न भने समय नलाग्ने उहाँले बताउनुभयो ।

पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको उहाँले बताउनुभयो । ती ठाउँमा माथिबाट ढुंगा र लेदो माटो खसिरहेको छ । सडक अवरुद्ध भएपछि दिउँसोदेखि यात्रु अलपत्र परेका छन् ।

पहिरो खस्न रोकिएमा सडकका बीचमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाउन सडक खुलाउने प्रयासका लागि तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको खनालले बताउनुभयो । रातको समयमा सो सडकमा आवागमन रोकिँदै आएको छ । source:lightnepal

The post भर्खरै नारायणघाट मुग्लिन सडक खण्डबाट आयो डरलाग्दो खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.