नभनिएको कथा – भगवान रामकी दिदी को थिइन् चिन्नुहुन्छ ?

भगवान राम र लक्ष्मण बारे त सबैलाई थाहा नै छ । तर के तपाईलाई थाहा छ । भगवान रामकी एउटा दिदी पनि थिइन् । उनको नाम शान्ता थियो । भारतमा शृंग ऋषि मन्दिर छ जहाँ रामकी दिदी शान्ताको पूजा गरिन्छ । भारतको कुल्लु शहर नजिकै रहेको उक्त मन्दिरमा शान्ता र उनका पति शृंग ऋषिको मुर्ति बनाइएको छ ।

पौराणिक कथा अनुसार उनका पति शृंग ऋषि ऋषिशृंग विभण्डकका पुत्र थिए । ऋषिशृंगले नै सम्राट दशरथको छोरा होस् भनेर यज्ञ गराएका थिए । यज्ञ गराएकै स्थानमा हालसम्म पनि उनको आश्रम छ ।

रोमपद आफ्नी पत्निसहित अयोध्या आएपछि राजा दशरथलाई थाहा भयो कि उनका कोहि सन्तान थिएनन् । त्यसपछि राजा दशरथले उनलाई सन्तान बरदान दिए । राजा दशरथले अंगदेशका राजा रोमपदलाई आफ्नी छोरी शान्ता धर्मपुत्रीको रुपमा दिएका थिए ।

देवी शान्ताको विवाहबारे भनिन्छ कि एक दिन एक ब्राम्हण उनको दैलोमा आए र खेतिपातीमा मद्धतको लागी प्राथना गरे । तर आफ्नी छोरीसंग व्यस्त रहेको कारण रोमपदले ब्राम्हणको कुरा सुनेनन् र ब्राम्हण निराश भएर त्यहाबाट निस्किए ।

आफ्ना भक्तसंगको यस्तो व्यहारले इन्द्रदेव रोमपदसंग रिसाए र उनको क्षेत्रमा पानी पारिदिएनन् । जसको कारण खेत सुके । यस्तो संकटमा राजा रोमपदले शृंग ऋषिलाई आग्रह गरे र ऋषिले भगवान इन्द्रलाई खुसी पार्न यज्ञ सुरु गरे । त्यसपछि देवी शान्ताको विवाह ऋषिसंग भयो । – Nepali Headlines

The post नभनिएको कथा – भगवान रामकी दिदी को थिइन् चिन्नुहुन्छ ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.