तिन करोड नेपाली जनता खुसि कुलमानले गरे फेरी अर्को चमत्कार, जुन अहिले सम्म कसैले गर्न सकेका थिएनन् !

काठमाडौं, १ भदौं । नेपाल विद्युत प्राधिकरणको आम्दानी एक वर्षमै १५ अर्ब रुपैयाँले बढेको छ । कुलमानले व्यवस्थापकीय सुधार गरेपछि एक वर्षमै आम्दानी १५ अर्ब रुपैयाँ बढाएर ५० अर्ब २२ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै व्यवस्थापकीय प्रद्धतीमा ब्यापक सुधार गर्दै प्राधिकरणले आम्दानी मात्र बढाएको छैन मुनाफा समेत कमाएको छ ।

प्राधिकरणले गत आर्थिक बर्षमा यो आम्दानी गरेको हो । प्राधिकरणको ३२ औं बार्षिक उत्सवको अवसरमा बिहीबार कार्यकारी निर्देशक घिसिङले प्रतिवेदन पेश गर्दै अघिल्लो आवको तुलनामा आम्दानी १५ अर्ब रुपैयाँले बढेको बताए । उनका अनुसार प्राधिकरणले गत आव ०७३÷०७४ मा २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा समेत आर्जन गरेको छ । अघिल्लो आवमा प्राधिकरण ३ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको थियो ।

प्राधिकरणले १५ बर्षपछि सञ्चालन नाफा कमाएको हो । विद्युत चुहावट नियन्त्रण व्यवस्थापनका कारण सञ्चालन नाफा भएको जनाइएको छ । यस्तै, प्राधिकरणको खुद नोक्सानी घटेर ९७ करोड ८९ लाख रुपैयाँमा आएको छ । अघिल्लो आवमा यस्तो नोक्सानी ८ अर्ब ८९ करोड रुपैयाँ रहेको जनाइएको छ ।

प्राधिकणले एक बर्षमा चुहावट नियन्त्रण, विद्याुत आयातमा औसतदरमा कमी, महसुल समायोजन, नियमित विद्युत आपुर्ती तथा विद्युत गृहहरुको मर्मत तथा सुधारका कारण नोक्सानी कम हुँदै गएको हो । सोही काण करिव ४३ प्रतिशतले आम्दानी बढेको प्राधिकणले जनाएको छ ।

प्राधिकरणको सो बार्षिक उत्सवमा दिइएको जानकारी अनुसार खर्च ३६ अर्ब ८ करोड रुपैयाँवाट बढेर ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । घिसिङका अनुसार प्राधिकरणका ग्राहक संख्या २९ लाख ७० हजारवाट वढेर ३२ लाख ६० हजार पुगेका छन् ।

यस्तै, २५।७८ प्रतिशत रहेको चुहावट घटेर २२।९ प्रतिशतमा झरेको उनले बताए । यस्तै, गत आवमा ६ हजार २ सय ५७ गिगावाट आवर विजुली प्राप्त भएको प्राधिकरणले जनाएको छ । यो अघिल्लो बर्षको तुलनामा २३ प्रतिशत वढी हो ।

घिसिङले गत तिहारपछि नियमित विद्युत आपुर्तीमा सफलता पाउनु, चुहावट नियन्त्रण, विद्युत गृहहरुको मर्मत सुधारले सञ्चालन मुनाफा आर्जन गरेको बताए । तर, अघिल्लो बर्षको घाटाकै कारण खुद नाफा भने कमाउन नसकेको उनको भनाइ छ । आउँदो बर्ष भने प्राधिकरणले खुद नाफा आर्जन गर्ने घिसिङले बताए ।

( लाईटनेपाल डटकम मा खबर छ )

The post तिन करोड नेपाली जनता खुसि कुलमानले गरे फेरी अर्को चमत्कार, जुन अहिले सम्म कसैले गर्न सकेका थिएनन् ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.