खैनी , गुट्खा र चुरोट खाएर विग्रिएको दातबाट छुटकारा पाउने घरेलु उपाय ,

केहि मानिसहरुलाई खैनी , गुट्खा र चुरोट खाने बानी परेको हुन्छ , जसले गर्दा दात कालो र फोहोरी देखिन्न थाल्छ । कालो र फोहोर देखिएको दातलाई केहि घरेलू उपायबाट सफा बनाउन सकिन्छ । घरेलु उपचारले खैनी , गुट्खा र चुरोटबाट भएको कालो दाग , केहि मिनेटमा सफा हुन्छ । खैनी , गुट्खा र चुरोट खानाले हामीलाई धेरै किसिमको स्वास्थय सम्बन्धि समस्या हुन जान्छ जसले गर्दा हामी रोगी हुन पुग्छौं । खैनी , गुट्खा र चुरोट खानाले क्यान्सरको खतरा धेरै हुने गर्छ ।

जुन मानिसले धेरै समय देखि खैनी , गुट्खा र चुरोट खाने गर्छ उसको दातमा खालो पहेलो दाग बस्छ , जसले दातको ओरिजनल चमक हराएर जान्छ र दात कमजोर हुन्छ । दातको समस्याले तपाईको पर्सनैलिटीमा नकरात्मक असर पर्न जान्छ । दातमा भएको समस्यालाई समाधान गर्न मानिसहरुले धेरै प्रकारका टुथपेष्टको प्रयोग पनि गर्छन तर नतिजा सोचे जस्तो राम्रो नपाउनाले निराश बन्छन ।

त्यसैले आज हामी तपाईहरुलाई खैनी , गुट्खा र चुरोट खानाले दातमा परेको कालो दाागलाई हटाउने केहि घरेलु उपाय बताउन गैरहेका छों । जसको प्रयोगले तपाई चम्किलो र सफा दात केहि मिनेटमै पाउन सक्नुहुन्छ ।

दातमा भएको कालो दागलाई हटाउन सबै भन्दा पहिले दातलाई राम्ररी ब्रशले सफा गर्नुहोस , केहि मात्रामा बेकिंग सोडा लिनुहोस , यसमा थोरै कागतीको रस मिसाएर राम्ररी फिटेर आफनो दातमा लगाई राम्ररी मसाज गर्नुहोस , मसाज गरिसके पछि नारिवल पानीले कुल्ला गर्नुहोस ।

यति गरिसकेपछि तपाईले १ मिनेटमा पाउनुहुने छ, चम्कीलो र सफा दात । कागती पानीले दैनिक कुल्ला गर्नाले पनि दातमा भएको दाग र फोहोर सफा हुन्छ । यदि ,यति गरिसकेपछि पनि तपाईले सोचे जस्तो नतिजा पाउन सक्नु भएन भने दैनिक निमको ब्रशले दात माझनुस तपाईको दात सफा मात्र हैन स्वस्थ्य पनि हुन्छ ।

सुन्तलाको बोक्रा पनि दातको लागि फाइदाजनक सावित भएको छ । सुन्तला र तुलसीको पात सुकाएर यसलाई मसिनो गरेर पिधेर यसको पाउडरले दात सफा गर्नाले दातमा भएको कालो दाग सफा हुने गर्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.