८ कक्षामा पढ्ने नेपालकी प्रकृतिको अक्षर संसारभर भाईरल, भारतमा पनि ठुलै तहल्का, भिडियो

भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा कक्षा ८ मा पढ्ने प्रकृति मल्ल कम्प्युटरमा टाइप गरेको भन्दा पनि राम्रो अक्षर लेख्छिन् । उनले लेखेको अक्षर हेर्ने सबैले भन्छन् – ‘वाह, कस्तो जादू, कसरी लेख्न सकेको होला यसरी !’ हुन पनि उनले लेखेको अक्षर टाइप गरेको भन्दा कमको देखिँदैन ।

केरमेट नगरीकन सररर मिलाएर लेख्न सक्ने उनको कला देखेर विद्यालयका शिक्षक र साथीहरु पनि अचम्म मान्छन् । ‘उनी सानैदेखि राम्रो लेख्छिन्, उनको अक्षर देख्दा हामी पनि चकित पर्छौं’ विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख जितबहादुर कुँवरले भन्नुभयो ।

सबैलाई चकित बनाएर अक्षर कोर्न सक्ने प्रकृतिको घर धनकुटा हो । अहिले उनी भक्तपुरमै बस्छिन् र सैनिक आवासीय विद्यालयमा पढ्छिन् । काठमाडौं उपत्यकाका विद्यार्थीहरुबिच आयोजना गरिएको हस्तलेखन प्रतियोगितामा उनी पनि सहभागी भएकी छिन् । प्रतियोगितामा उपत्यकाका ४ हजार विद्यार्थीले भाग लिएका छन् । सबैलाई उछिनेर प्रथम हुने प्रकृतिको लक्ष्य छ । नतिजा आउँदो ३० गते सार्वजनिक हुनेछ ।

त्यसो त विद्यालयका अरु विद्यार्थीको हस्तलेखन पनि राम्रो रहेको कुँवरले दाबी गर्नुभयो । ‘अक्षर राम्रो लेख्नको लागि हामीले स्कुलमा तालिम नै दिने गरेका छौं’ कुँवरले भन्नुभयो, ‘लेखन सुधार्न कक्षा ६ देखि तालिम दिने व्यवस्था गरेका छौं, सबैको अक्षर सुध्रिएको छ, त्यसमा पनि प्रकृतिको त धेरै राम्रो छ ।’ यसअघि पनि आफ्नो विद्यालयका एक विद्यार्थी लेखन प्रतियोगितामा दोस्रो भएको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीलाई हौसला दिन प्रतियोगिता

परीक्षामा ठीक उत्तर लेखेर मात्र हुँदैन, अक्षर पनि उस्तै सफा र शुद्ध हुनुपर्छ । अक्षर राम्रो छ भने त्यसले कापी जाँच्नेलाई पनि आकर्षित बनाउँछ । त्यसो त हरेक विद्यालयले आफ्ना सबै विद्यार्थीको अक्षर शुद्ध र सफा होस् भन्ने कुरामा ध्यान दिएकै हुन्छन् ।

तर सबै विद्यार्थीले राम्रो लेख्न सक्दैनन् । राम्रो अक्षर लेख्न सक्नु पनि एउटा कला हो । विद्यार्थीलाई राम्रो लेख्नको लागि हौसला दिन एडुटेक एकेडेमी सोलुसन भन्ने संस्थाले बेलाबेला यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको छ ।

‘काठमाडौं उपत्यकाका विद्यार्थीलाई सहभागी गराएर हामीले यसअघि पनि यस्तो प्रतियोगिता गराएका छौं’ संस्थाका कृष्णप्रसाद दुवाडीले भन्नुभयो, ‘विद्यार्थीलाई हौसला दिनको लागि यस्ताखाले प्रतियोगितालाई निरन्तरता दिनेछौं ।’
अंग्रेजी र बोर्डिङमा मात्रै, नेपाली र सरकारीमा खै ?

प्रकृतिले लेखेको अक्षर फेसबुकमा सार्वजनिक हुँदा धेरैले उनको तारिफसँगै प्रश्न पनि गरेका छन्–यस्तो प्रतियोगिता निजी स्कूल र त्यसमा पनि अंगे्रजीमा मात्रै किन ? हुन पनि प्रतियोगितामा सहभागी ४ हजारमध्ये प्रायः सबै निजी स्कूलमा पढ्ने विद्यार्थी छन् । आयोजकले प्रतियोगिता पनि अंगे्रजी अक्षर लेखनमा गरेको छ ।

तर अब नेपाली अक्षर लेखनमा पनि यस्तो प्रतियोगिता गर्ने एडुटेक एकेडेमी सोलुसनले जनाएको छ । ‘हामी सरकारी विद्यालयका विद्यार्थीलाई पनि आकर्षित गर्नेगरी प्रतियोगिता गर्ने सोचमा छौं’ दुवाडीले भन्नुभयो, ‘काठमाडौं उपत्यका बाहिरका विद्यार्थीलाई पनि समेट्ने प्रयास गर्छौं ।’ नया बाटो

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.