सम्भावना बोकेमा ५ नेपाली नायिकाहरु…..

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय नयाँ कलाकारहरुको आगमन बढ्दो छ । नयाँ कलाकारको आगमनसँगै पुराना कलाकारहरु बिस्तारै हराउदै गइरहेका छन् । नयाँ अनुहार, नयाँ आवरण, नयाँ शैलीको कारण पनि युवाहरु माझ नयाँ कलाकारको छाप बढ्दो छ । नायकमा अनमोल केसी, पल शाह, प्रदिप खड्का जस्ता कलाकारले युवामाझ राम्रै छाप छोडेका छन् । तर आज हामी चर्चा गर्दछौ पछिल्लो समय सम्भावना बोकेका ५ नयाँ नायिकाहरुको बारेमा ।

१. साम्राज्ञी राज्यलक्ष्मी शाह
चलचित्र ‘ड्रिम्स’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् –साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो चलचित्रमा बोल्ड क्यारेक्टरमा देखिएकी साम्राज्ञी युवा पुस्तामाझ छोटो समयमा नै लोकप्रिय बनिन् । ड्रिम्स पछि उनी अभिनित दुई चलचित्र ‘ए मेरो हजुर २’ र ‘तिमी सँग’ प्रदर्शनको क्रममा रहेको छ ।
‘ए मेरो हजुर २’ भदौ १६ बाट प्रदर्शन हुँदै छ । चलचित्रको ट्रेलर र गीतहरू आउट भइसकेका छन् । छोटो समयमा नै चलचित्रको ट्रेलर र गीतले हाइप पाएको थियो । साम्राज्ञीलाई रुचाउने जमात ठुलो छ । हाल उनी आफ्नो नयाँ चलचित्र ‘इन्टु मिन्टु लण्डन’माको काममा व्यस्त छिन् ।

२.आना शर्मा
नेपाली चलचित्र क्षेत्रमा सम्भावना भएकी नायिमा पर्छिन् आना शर्मा । चलचित्र ‘जेरी’मा अनमोल केसीसँग डेव्यु गरेकी आनाले पहिलो चलचित्रबाट नै हाइप पाएकी थिइन् । जेरी हिट भएसँगै उनी नयाँ पुस्ताकी प्रिय नायिका बनिन् । युवामाझ रुचाएकी आनाको अबको आस भनेको ‘ग्याङस्टार ब्लुज’ हो ।
जेरीमा काम गरेको ३ बर्ष पछि उनी अभिनित दोस्रो चलचित्र रिलिज हुदै छ । भदौ २ गते रिलिज हुने चलचित्रको लागी आना व्यस्त छिन् । यतिबेला बोल्ड एण्ड ब्युटि आनाको प्रतिक्षा भने उनी अभिनित दोस्रो चलचित्रकाे रहेकाे छ ।

३. स्वस्तिमा खड्का
‘होस्टेल रिर्टस्’बाट डेव्यु गरेकी नायिका स्वस्तिामा खड्काले ‘लभ लभ लभ’मा काम गरिसकेकी छिन् । पहिलो चलचित्रमा छोटो भूमिका भएता पनि उनको क्युट फेसले सबैको ध्यान खिचेको थियो । उनले आफ्नो अभिनय चलचित्र ‘लभ लभ लभ’मा देखाइसकेकी छिन् । यसै वर्षको सुरुवातमा रिलिज भएको उक्त चलचित्रमा उनको अभिनयले प्रशंसा पाएको थियो ।
यति बेला स्वस्तिमा चलचित्रमा नायिका भन्दा पनि गीतमा नृत्य गरेको कारण अझ बढी चर्चामा छिन् । गीतमा हिट स्वस्तिमा चलचित्रमा कति फिट हुन्छिन् त्यो आउदो असोज ११ गते नै थाहा हुने छ । उक्त दिन खड्का अभिनित चलचित्र ‘छक्का पञ्जा २’ रिलिज हुँदै छ । सोही चलचित्रको गीत केही समय अघि रिलिज भइसकेको छ ।

४. सारा श्रीपाली
नायिका सारा श्रीपालीले गत साता प्रदर्शनमा आएको चलचित्र ‘रुद्र’बाट डेव्यु गरेकी हुन् । ५ वर्ष सम्म युकेमा बसोबास गर्दै आएकी साराले पहिलो चलचित्रबाट प्रशंसा पाएकी छिन् । व्यावसायिक रूपमा ठिकै कमाई गरेको रुद्रमा साराको अभिनयलाई धेरैले रुचाएका छन् ।
उनी अभिनित दोस्रो चलचित्र ‘पिजंडा ब्याक अगेन’ पनि प्रदर्शन हुँदै छन् । पहिलो चलचित्रबाट सम्भावना बोकेकी साराको भविष्यमा के होला त्यो पछि नै थाहा हुने छ ।

५. अदिथि बुढाथोकी
नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी नायिकामा पर्छिन् अदिथि बुढाथोकी । उनी चलचित्र ‘कृ’बाट सिने नगरीमा डेव्यु गर्दै छिन् । नव नायिकाको रूपमा रहेकी अदिथिको चर्चा चलचित्र रिलिज हुनु अगाडीबाटै सुरु भइसकेको छ । भारतको विभिन्न म्युजिक भिडियोमा देखिएकी अदिथि बलिउडमा प्रवेश गर्ने दौडमा लागी परेकी छिन् ।
तर, यति बेला उनी अनमोल केसीसँग चलचित्र ‘कृ’मा रोमान्स गर्दै छिन् । समाजिक सञ्जालमा सक्रिय रहेकी अदिथिको फ्यान फलोइङ पनि राम्रो रहेको छ । चलचित्र रिलिज हुनु अगाडी नै चर्चामा रहेकी अदिथिको अभिनय कस्तो हुने हो त्यो चलचित्र रिलिज भएपछि पक्कै थाहा हुने छ ।

स्रोत :सिनेपाटी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.