विदेशबाट फर्किएका छोराले ढोका खोल्दा भेटे आमाको कंकाल

मुम्बईको एक आलिसान फ्ल्याटमा महिलाको मृत्यु हुँदा पनि चार महिनासम्म कसैलाई अत्तोपत्तो थिएन । यहाँसम्मकी महिलाको छोरालाई पनि थाहा भएन कि उनकी आमामाथि के भयो ? वर्षभरी उनले आफ्नी आमासँग कुनै सम्पर्क गरेको थिएन ।

यस्तो छ घटनाः

मुम्बईको ओशिवारा इलाकाको एक फ्ल्याटमा ६३ वर्षीया आशा साहनी एक्लै बस्थिन् । उनका श्रीमानको मृत्यु सन् २०१३ मा भएपछि उनी एक्लिएकी थिइन् । उनका छोरा ऋतुराज अमेरिकामा बस्थे । उनी एक आइटी व्यवसायी हुन् । जानकारीका अनुसार ऋतुराजले करिब एक वर्ष अघि आमासँग अन्तिम कुराकानी गरेका थिए ।

पुलिसका अनुसार आशाको आफ्नो बन्द फ्ल्याटमा करिब चार महिना पहिले नै मृत्यु भइसकेको थियो । उनका आफन्त कसैलाई पनि यसबारे जानकारी भएन । उनको मृत्यु भएको खबर त्यतिबेला सार्वजनिक भयो जब आइतबार उनका छोरा मुम्बई फर्किए । छोराले घरको ढोका ढक्ढकाए तर कसैले पनि जवाफ दिएनन् । धेरैबेरसम्म पनि भित्रबाट कसैले ढोका नखोलेपछि नक्कली साँचोमार्फत ढोका खोल्दा भित्र उनकी आमाको कंकाल थियो ।

वृद्धाको शव लगभग नष्ट भइसकेको थियो । हड्डीको ढाँचा बचेको थियो । घटनाको जानकारी पुलिसलाई दिइयो । कंकालको स्थितीले अन्दाज लगाउन सकिन्थ्यो कि महिलाको मृत्यु तीनदेखि चार महिना पहिले नै भएको थियो ।एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.