घर झगडामा कुटिएर प्रचण्डकी तेस्री बुहारी बिना दुई सातासम्म अस्पताल भर्ना

काठमाडौं, २४ साउन । प्रचण्ड परिवारमा तेस्री बुहारीका रुपमा भित्रिएकी बिना मगर पनि घरभित्रै यातनाको शिकार भएकी छिन् । प्रचण्डपुत्र प्रकाश दाहालसँग उनको सम्बन्ध बिग्रदै गएको छ ।  घरभित्रै भएको एक झगडामा दुई साताअघि उनी अस्पताल नै भर्ना हुनुपरेको छ ।

स्रोतका अनुसार उनको अनुहारमा ठुलो चोट लागेको छ । नर्भिक अस्पतालमा केही दिन भर्ना नै भएर उनको उपचार गरिएको थियो । जुन घटना निकै गोप्य राखिएको छ । स्रोतका अनुसार घरभित्रै आपसी झगडा हुँदा बिनामाथि कुटपिट भएको हो । प्रकाशको अत्याधिक मदिरा पिउने बानी अझै छुटेको छैन । जसबाट बिना पीडित हुँदै आएकी छिन् । प्रकाशकै व्यवहारका कारण उनका अघिल्ला दुई विवाह असफल भएका थिए ।

प्रकाशले दोस्री श्रीमती सिर्जनासँग त सम्बन्ध बिच्छेद समेत गरेका छैनन् । प्रकाश लाजिम्पाटको आलिसान बंगलामा बसिरहँदा उनकी पत्नी सिर्जना छोरालाई समेत राम्रोसँग पढाउन नसक्ने अवस्थामा संघर्ष गर्दै आएकी छिन् । यो खवर दृष्टि न्युजले लेखेको छ

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.