जब बाराक ओबामाले आत्महत्याको प्रयास गरे

वाशिङटन। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले भोलि जन्मदिन मनाउँदैछन् । तर, यो उपलब्धी पाउनुभन्दा पहिले ओबामाले आत्महत्याको प्रयास गरेको धेरैलाई थाहा छैन । सन् २००० को प्रतिनिधिसभा निर्वाचनमा चुनाव हारेपछि आफूलाई आत्महत्या गर्न मन लागेको ओबामा स्वयंले खुलासा गरेका छन् ।

सन् २००० को प्रतिनिधि सभा चुनावमा पत्नी मिशेलले ओबामालाई चुनाव नलड्न भनेकी थिइन् । तर, पत्नीको जिद्दीले ओबामाको महत्वाकांक्षालाई जित्न सकेन । उनी निर्वाचनमा उठे । उता मिशेलले सम्बन्धविच्छेदका लागि कागजपत्र तयार पारेकी थिइन् । मिशेल ओबामाले आफ्नो कुरा नमानेका कारण निराश थिइन् । त्यतिबेला उनीहरुको बिहे भएको ८ वर्ष भएको थियो ।

२००० को त्यो प्रतिस्पर्धा ओमाबा र बबी रशबीच थियो । परिणाम त्यही आयो जेको डर थियो, ओबामाले चुनाव हारे । यो समय ओबामाको राजनीतिक करिअर समाप्त भएजस्तै थियो जतिबेला मिशेलले पनि उनीप्रति सहानुभूति जनाइनन् । आत्महत्याको सोचाइ बनाइसकेका ओबामालाई केही समयका लागि उनका साथीहरुले रोके लगत्तै मिशेलसँग उनको समझदारी भएपछि ओबामाको जीवन जोगिएको थियो । उनै ओबामाले सन् २००९ मा चुनाव जितेर अमेरिकाको राष्ट्रपतिजस्तो सर्वोच्च पदमा पुगे । source:डिसी नेपाल

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.