चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा

चितवन, २९ साउन । अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार इच्छाकामना गाउँपालिका– ३ स्थित कोराक खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय समनबहादुर प्रजाको मृत्यु भएको हो । शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको शव आज बिहान फेला परेको उहाँले बताउनुभयो ।

त्यसैगरी राप्ती नगरपालिका– ८ स्थित पम्फाखोलाले बगाएर ल्याएको स्थानीयवासी अन्दाजी ४० वर्षीया महिलाको शव खोलाबाट निकाल्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । ती महिलाको सनाखत हुन सकेको छैन ।

वर्षा जारी रहेपछि भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख र दलका प्रतिनिधिसहितको आजको बैठकले जिल्लाको वस्तुस्थितिका बारेमा तीन समूह बनाएर तत्काल अनुगमन गर्ने निर्णय गरेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

प्रमुख दाहालको नेतृत्वमा पश्चिम चितवन, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीको नेतृत्वमा पूर्वी चितवन र जनस्वास्थ्य प्रमुख विजयकुमार झाको नेतृत्वमा सौराहा क्षेत्रको अनुगमन गर्ने निर्णय भएको छ । सो अवसरमा दाहालले बाढीबाट प्रभावितको उद्धार र राहतका लागि जुट्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनाका साथै दलका प्रतिनिधिलाई सो कार्यमा सहयोग पु¥याउन आग्रह गर्नुभएको थियो ।

जिल्लाका राप्ती, बूढीराप्ती, रिउ, लोथर, कयरलगायत खोला बढेर बस्तीमा पसेसँगै जनजीवन प्रभावित भएको छ । तीन दिनदेखि जिल्लामा अविरल वर्षा भइरहेको छ । रासस

The post चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.