दुखद खबर-रोकियो कतारसहित मलेसिया र दिल्ली उडान

काठमाडौं,असार २७ । नेपाल वायुसेवा निगमले कतारको दोहा सहित थप ३ वटा गन्तव्यको उडान स्थगित गर्ने भएको छ । जहाज अभावपछि निगमले ४ वटा गन्तव्यको उडान दुई महिना स्थगित गर्न लागेको छ ।

निगमले जहाज अभावका कारण दुई महिना कतारको दोहा, मलेसियाको क्वालालम्पुर, भारतको बैंग्लोर र भारतको नयाँ दिल्लीको बेलुकाको उडान स्थागित गर्न लागेको हो ।

दुई महिनाका लागि निगमले भाडामा ल्याउन लागेको भुटान एयरलाइन्सको जहाज ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएपछि निगमले ४ वटा गन्तव्यमा उडान स्थगित गर्न लागेको हो ।

कतारले दोहाको इस्लामिक लडाकुलाई सहयोग गरे आरोप लगाउँदै साउदी अरवको नेतृत्वमा खाडीका छिमेकी युनाइटेड अरव इमिरेट्स, बहराइन र इजिप्टले कतारसंग कुटनैतिक सम्बन्ध तोड्दै सिमा नाका बन्द गरेका छन ।

कतारी यात्रुवहाक विमानलाई आफ्नो एयरस्पेस प्रयोग गर्न रोकेका छन । नेपालबाट जाने आधा दर्जन एयरलाइन्सहरुले समेत दोहा उडान रद्द गरेका छन् । यता निगमले समेत दोहा उडान स्थगित गरेसंगै नेपाली यात्रुहरु थप मारमा पर्ने देखिएको छ ।

निगमले हाल उडान गरिरहेको बोइङ–७५७ जहाज सि–चेकिङको लागि सिंगापुर पठाउँदै छ । यसै साता जान लागेको उक्त जहाजको चेकिङको लागि २ महिना लाग्ने छ । उक्त जहाजको ठाऊमा दुई महिनाका लागि निगमले भाडामा ल्याउन लागेको भुटान एयरलाइन्सको जहाज ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएपछि निगमले ४ वटा गन्तव्यमा उडान स्थगित गर्न लागेको हो ।

निगमले हाल नौ वटा गन्तव्यमा उडान भर्दै आएको छ । निगमले ल्याउन लागेको जहाज १५ वर्ष पुरानो भएको भन्दै प्राधिकरण अन्र्तगतको सुरक्षा विभागले जहाज भाडामा ल्याउन नपाउने हो । निगमले आह्वान गरेको टेन्डरमा भुटान एयरलाइन्सले १७ वर्षदेखि उडाउँदै आइरहेको एयरबस ए-३१९ लिजमा दिने तयारी गरेको थियो । निगमले जहाज खरिद गरेर ल्याउन मात्र १५ वर्षे लागू हुने बताउँदै आएपनि प्राधिकरणले भने भाडामा ल्याउन पनि नमिल्ने तर्कगरेपछि निगमले भाडामा ल्याएर उडाने तयारी तुहिएको हो ।

निगमले अव दुई महिना एयरबस ३२०-२०० सिरिजका दुई थान न्यारोवडी जहाज मार्फत बाँकी रहेका गन्तव्यमा उडान भर्ने छन् ।-क्लिकमाण्डु डट कम बाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.