२० वर्ष पछि केटीहरुमा यस्तो परिवर्तन आउँछ

बढ्दो उमेरसंगै केटीहरुको शरिरमा कयौं परिवर्तन आउँछ । यो क्रममा विभिन्न स्वास्थ्य समस्या पनि हुन्छन्, जसलाई सहि समयमा पत्ता लगाई समाधान गर्न पनि सकिन्छ । २० वर्ष उमेर कटेपछि केटीमा आउने केही परिवर्तनबारे चर्चा गरिएको छ ।
तौल बढ्नु
२० वर्षको उमेर पश्चात केटीहरुको मेटाबोलिज्म ढिलो हुन थाल्छ । जसको कारण शरिरको तौल बढ्ने गर्छ । धेरै चिल्लो अनि गुलियो खाना खानबाट बच्नुपर्छ । दैनिक ३० मिनेट हिड्ने वा कसरत गर्नाले शरिरको तौल नियन्त्रण गर्न सकिन्छ ।
रजस्वला
सामान्यतया टिनएजको सुरुवातबाटै रजस्वला चक्र सुरु भएपनि २० वर्षको उमेर पश्चात यो चक्रको समय हर्माेनल इन्ब्यालेन्सको कारण तलमाथी हुन सक्छ । खानामा फल र हरियो सागपातको मात्र बढाउनु पर्छ । जसमा भरपुर आइरन, भिटामिन, मिनरल्स र एन्टीअक्सिडेन्ट्स हुन्छ । यसले रजस्वला नियमित गर्न सहयोग गर्छ ।
कपाल
२० वर्षको उमेर पश्चात केटीहरुको छाती, पेटमा रौं बढ्न सक्छन । साथै हर्माेनल परिवर्नको कारण कपाल सुख्खा हुने समस्या देखिन सक्छ ।
कपाल हटाउन हेयर रिमुभर क्रिमको वा रेजरको प्रयोग गर्न सकिन्छ । लेजर गरेर सधैको लागि रौँ हटाउन सकिने प्रविधि पनि अहिले उपलब्ध भइसकेको छ ।साथै सुख्खा कपालको समाधानको लागि ३–४ चम्चा जैतुनको तेलले मालिस गर्न सकिन्छ ।
डण्डिफोर
उमेर बढ्दै जाँदा केटीको शरिमा हुने हर्माेनल परिवर्तनको कारण डण्डिफोर आउने अनि छाला सुख्खा हुने समस्या देखिनसक्छ । धेरै तेल वा चिल्लो भएको खाना खानु हुँदैन । दिनमा २–३ पटक सफा पानीले मुख धुन सकिन्छ । डण्डिफोर समाधान गर्ने एक अचुक उपाय पनि छ । सुन्दा अनौठो लाग्छ तर यसको प्रयोगले केही समयमा अनुहारको छाला सफा अनि पुराना दाग पनि कम गर्छ । दिनमा एकपटक दाँत माझ्ने मञ्जन (पेन्सुडेन्ट, क्लोजअप वा सेन्सोडाइन) अनुहारमा लगाउने, ५–१० मिनेट पछि सफा पानीले पखाल्ने ।

रोगप्रतिरोध बढ्छ

२० वर्षको उमेर पश्चात विभिन्न हर्माेनल परिवर्तनको कारण केटीहरुको रोग प्रतिरोध क्षमता बढ्छ ।
ध्यान दिनुपर्ने कुराः

१. उमेर बढेसंगै वक्षस्थलको आकार पनि बढ्दै जान्छ । स्तनमा हुने कुनै प्रकारको परिवर्तन, जस्तो चिलाउने, सुन्निने वा गाँठो पर्ने भए तत्काल डाक्टरको सल्लाह लिनु उचित हुन्छ । यस्तो कुनै ठूलो स्वास्थ्य समस्याको संकेट हुन सक्दछ ।
२. ओठको रंग यदि गुलावको छैन । यो नरम नभई सुख्खा छ भने कलेजोको समस्या हुन सक्दछ ।
३. धैरै हिड्दा मसल स्ट्रेनको कारण खुट्टाको तल्लो भागमा दुखाइ हुन सक्छ । यदि लामो समय यो दुखाइ रहिरहे खुट्टा सुनिन सक्छ, यो ब्लड क्लटको संकेत हुन सक्छ । यदि यस्तो भए डाक्टरको सल्लाह लिनु उचित हुन्छ । koshionline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.