पोर्नस्टरको रुपमा चिनिने नेपाली चेली विन्दुपरीयारको कहालीलाग्दो जीवन कथा

काठमाडौँ । जीवन भोगाईका सबैका आ–आफनै अनुभव र कहानी हुन्छन् । धेरथोर संघर्षका आरोह अवरोह सबैले पार गरेका हुन्छन् । कतिपयको जीवन भोगाइ यस्तो कहालीलाग्दो हुन्छ कि त्यस्तो भोग्नुपर्ला भनेर कसैको सोचेकोसम्म पनि हुँदैन् ।

थोरै हाँसो र धेरै पीडा मिसिएको यस्तै कहालिलाग्दो जीवन भोगेकी छन विन्दु परियारले ।श्रमल्लिका, विन्दी तथा हट विन्दी जस्ता नामबाट समेत परिचित विन्दु कुनैबेला चर्चित नर्तकी थिईन् । उनका अर्धनग्न फोटो तथा भिडियोहरु इन्टरनेटमा खोज्यो भने सजिलै भेट्टाउन सकिन्छ ।

ती फोटो तथा भिडियो हेर्दा लाग्छ विन्दुको जीवनमा दुःखको छायाँसम्म पनि परेको छैन । तर, उनको भोगाइ सुन्दा लाग्छ उनको जस्तो कहालिलाग्दो जीवन अरु कसैले भोग्न परेको छैन् ।

उनको हसिलो मुहारभित्र पीडा पत्रपत्र भएर लुकेको छ । उनले हाँस्ने हाँसोभित्र नभनिएका र नपोखिएका कथा छन । जब हामीले उनको जीवन खोतल्न लाग्यौं उनले भनिन्, ‘तपाईहरुले मेरो सत्य कहानी लेखेर के नै गर्नुहुन्छ र रु मानिसहरुले मेरो कथा पढ्लान, कतिपयको दयाको पात्र बनाउलान, कतिपयले खराब सोच्लान । त्यसले के फरक पर्छ ’

हामीतिर सोझिएका उनका हर प्रश्नहरु जायज थिए । उनका केही प्रश्नको उत्तर दिदै कुराकानीको वातावरण सहज बनायौं ।
त्यसपछि उनले आफ्ना कथाको पोको फुकाईन्, जुन यसअघि कहिल्यै बाहिर आएको छैन् ।

हामीले पहिलो प्रश्न सोध्यौ– ‘ईन्टरनेटमा छरपष्ट तपाईका उत्तेजक फोटो तथा भिडियोहरुको बारेमा के भन्नुहुन्छ उनले भनिन– ति सबै झुट्टा हुन् । ‘हरेक समय मेरो मन रोईराख्छ । बालापनका र नेपाल रहँदाका स्वतन्त्र दिनहरुको सम्झनाले मलाई रुवाउँछ’ विन्दु पुराना दिनहरु सम्झन्छिन जुन उनले नेपालको कास्की जिल्लाको ग्रामिण भेग हेम्जामा विताएकी थिईन् ।

सानैबाट नृत्यमा अब्बल उनी स्कुल तथा टोल छिमेकमा हुने सबैजसो साँस्कृतिक कार्यक्रमहरुमा सहभागि हुन्थिन् । विद्यालयको सबै अभिभावक दिवसका कार्यक्रममा भाग लिन्थिन ।लोकदोहोरी, कौडा र रोधीमा नाँच्ने उनी आफ्नो नृत्य कौशल लिएर संगीहरुका साथ देशको विभिन्न भाग पुगेकी थिइन । वालपन जति रमाइलो थियो परिवारमा गरिबीले त्योभन्दा बढी गाँजेको थियो ।

जतिबेला विन्दु एक बर्षकी मात्रै थिइन्, त्यसैबेला एक जना विदेशी उनको घरमा पाहुनाको रूपमा आए ।उनी थिए, अमेरिकी नागरिक टम सेवेल । जो त्यसबेला उनीहरुको उद्धारकर्ता नै बने । चरम गरिबिमा गुज्रिरहेको उनको परिवारलाई उनले सहयोग गरे ।

त्यति मात्रै होइन, विन्दु ठुली भएपछि पढाई खर्च पनि उसैले ब्यहोर्ने भयो । विन्दुको परिवारमा खुशिको सीमा रहेन । टम सेवेल उनीहरुको लागि भगवानै सावित भयो । नहोस पनि किन, दुई छाक खान मुश्किल बनेको समयमा कसैले सहयोग गर्छु भन्दाजस्तो खुसी आखिर केमा हुन्छ

टमकै सहयोगमा विन्दुले स्थानीय ज्ञानुुबाबा स्कुलमा कक्षा १२ सम्म अध्ययन गरिन । यसबेलासम्मको सबै खर्च टमले नै बेहो¥यो । विन्दुले प्लस टु उत्तिर्ण गरेपछि टमसँगै अमेरिका गइन । उनलाई आफ्नो भाग्य चम्के झै लाग्यो ।

पद यात्रामा निकै रमाउँने टम हरेक बर्ष नेपाल आइरहन्थे । उसले सुरुमा विन्दुकै सानिमासँग विवाह गरेका थिए । तर, केही समयपछि उनीसँग सम्वन्ध विच्छेद गरेर टम विन्दुकै दिदी पर्ने सीता परियारसँग विवाह गरे ।

नाता नै लागाउने हो भने पनि टम २००९ सम्म विन्दुको सानोबुवा थिए । उमेरको हिसाबले टम विन्दुभन्दा ३० वर्षले जेठा छन् ।विन्दुको नजरमा पनि उनी भगवान जस्तै थिए अति असल । जसले सानैबाट उनको लालनपालन ग¥यो र ठुलो भएपछि अधिकांशको सपनाको देश अमेरिकामा सजिलै प्रवेश गराए ।

उनी यो समयसम्म निकै पुलंकित थिईन् । तर, टमको मनमा अर्कै योजना छ भन्ने कसलाई के थाहा छ । उनको त्यो खुसी धेरै दिन टिकेन । विस्तारै टमको राक्षसी रुप बाहिर आउँदै गयो । टमको कुटिल चरित्र त्यो बेलाबाट बाहिर आउन लाग्यो जव टमको श्रीमती अर्थात विन्दु परियारकी दिदीले टमलाई छाडिन् ।

उनले भनिन– ‘दिदीले छाडेपछि टमले आफुले आफैलाई मार्ने प्रयास ग¥यो, मैले त्यो बेलामा उसलाई सम्हाले ।’पछि उसले दिदीको नग्न तस्विर र भिडियोहरु मलाई देखायो, जुन उसले दिदीसँगको सम्बन्धमा रहेकै बेला रेकर्ड गरेको रहेछ । उसले दिदीलाई नै गलत साबित ग¥यो ।

सुरुमा टमकै कुरालाई सही माने । तर पछि थाहा भयो, उसले दिदीलाई क्लबमा नाँच्न र अन्य मानिससंग शारीरिक सम्पर्क राख्नको लागि दवाव दिएको रहेछ, जुन दिदीको लागि मान्य भएन र छोडिन उसलाई ।टमले मलाई अमेरिका ल्याउनुको कारण के रहेछ भने जवान र तन्नेरी युवतीहरुलाई अमेरिकाका डान्सबारमा नचाएर, प्रयोग गरेर धेरै पैसा कमाउने उसको धन्दा नै रहेछ ।

यो कुरा मलाई अमेरिका आएपछि मात्रै थाहा भयो । हुन त मलाई दिदी ९ टमकी श्रीमती० ले पहिले पनि केही संकेत गरेकी थिईन । टमको बारेमा तर मैले त्यो बेलामा त्यसतर्फ ध्यानै दिइन ।त्यसबेला मैले सायद अमेरिका बाहेक मैले अरु केहि देखिन । ‘म विस्तारै उसले बुनेको जालमा फस्दै गए, अहिले सम्झदा ग्लानी हुन्छ’ उनले भनिन् ।

‘मेरो गरिब परिवारले टमलाई हमेशा भगवानभन्दा कम ठानेन, जसले मेरो परिवारको सम्पुर्ण दुःख हटाईदियो, अनि कसरी नगर्नु त्यस्तो मान्छेलाई विश्वास ।त्यसैले मैले उसले दिएका हर कागजातमा सही छाप लगाउँदै गए । अमेरिका म आफै पनि साँच्चै आउन चाहान्थे ।

तर यहाँ आउनुको मुल्य मैले यसरी चुकाउनु पर्ने रहेछ । मैले यस्तो कहिल्यै सोचेकोसम्म पनि थिइन ।

टमले मलाई उच्च शिक्षा दीक्षा, एउटा सम्वृद्ध जीवन दिने आश्वासनमा अमेरिका ल्याएको थियो । फेरी गरिवी र अभावसंग जुधिरहेको मेरो परिवारलाई म अझै दुःखमा देख्न चाहान्नथे ।

उनीहरुलाई अभावरहित जीवन दिने मेरो सोचाई थियो । तर, अमेरिका आएपछि यहाँको माहौल नराम्रोबाट झन नराम्रो हुँदै गयो ।सानैबाट नर्स बन्न चाहान्थे, उसले मलाई मेरो नर्स बन्ने सपना साकार पारिदिने आश्वासन दिएको थियो । त्यसैले उसले मलाइ ‘के वान’ भिसामा अमेरिका ल्याएको थियो ।

यहाँ आएको ३ महिनामा हाम्रो विहे भयो । जुन यहाँको सरकारलाई देखाउनका लागि हामीले गरेका थियौ, मेरो मनले नचाहदा नचाहदै पनि विहे गरे । नर्स बन्ने सपना पुरा गर्न यहाँको नियमभित्र पनि रहनुपर्ला भन्ने लाग्यो ।

मेरो परिवार अति नै खुशी भयौ । किनकी, अब मेरो सपना पुरा हुने पक्का भयो भन्ने लाग्यो । बाआमा पनि छोरी अमेरीकाबाट नर्स बनेर आउँछे भन्ने सपना बुन्न थाले ।

अक्टोबर २०१० मा पहिलो पटक अमेरिका आएको थिए । मोन्टानोमा रहँदा मलाई लागेको थियो । अब मैले केयर गिभरको काम गरेर टमलाई सघाउनुपर्छ । तर, सोचेको जस्तो भएन । टमले मलाई यहाँका नाईट क्लवहरुमा काम गर्न, डान्स गर्न दवाव दिन थाल्यो ।

भन्न लाग्यो, ‘मैले तलाई अमेरिकासम्म ल्याउन त माथि धेरै लागानी गरेको छु, त्यसैले मैले जे भन्छु, त्यो मान्नुपर्छ’ । त्यसपछि उसले मलाई पहिले ईदाओ शहर त्यसपछि सबैभन्दा ठुलो शहर डलासमा लग्योे २०११ माउसले यस्तो दवाव दिइरहँदा तपाईले किन विरोध गर्नुभएन भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, ‘विरोध गरेर केही फाईदा थिएन त्यसैले ३ महिनासम्म उसले जेभन्यो त्यही माने । त्यसपछि म नेपाल फर्किन्छु भने । तर, उसले नेपाल फर्कने हो भने तेरो सबै नग्न तस्विर, बारमा नाचेका भिडियोहरु तेरो परिवारलाई पठाउँछु भनेर धम्की दियो ।

घरमा छोरी नर्स बन्दैछे भन्ने कल्पनामा डुबेका मेरा बा आमाले त्यस्तो देखे भने जिउँदै मर्ने पक्का थियो, जुन म चाहान्नथे । त्यसैले उसले जे भन्यो त्यो सरासर माने । मलाई यहाँ मानिसहरु कसरी काम गर्छन्, यहाँका प्रावधानहरु के के छन् भन्ने पनि थाहा थिएन । त्यसैले यहाँबाट उम्कन सम्भव देखिन ।

यति सम्म कि मैले यहाँको प्रहरीलाई गुहार मागे भने उन्मुक्ति पाउँछु भन्ने सम्म पनि थाहा थिएन । त्यसमाथि मेरो सबै कागजात उसैसँग थियो । जसको आडमा उसले मलाई ‘इमोशनल ब्याल्कमेल’ गरिरह्यो ।

यो मेरो लागि भिन्न संसार थियो, जुहाँ हरेक कुरा अनौठा र नौला थिए । त्यसपछि मेरो जीवन नर्क जस्तै भयो । टमले बुनेको घिनलाग्दो दलदलमा म फस्दै गए निरन्तर ।

अमेरिका गएको दिनदेखि नै मेरो जीवन उसकै हातमा थियो । मलाई थाहा थिएन पैसाको लागि उसले मलाई बर्षौदेखि लगानी गरेको रहेछ ।

मात्र पैसाको लागि । पैसा कमाईसकेपछि पनि मलाइ छाडिदिन बारम्बार अनुरोध गरे तर उसले मलाई हमेशा तर्साइरह्यो ।त्यसपछि हामीले सोध्यौ, तपाईको जीवन हेर्दा त आरामदायी र सम्पन्न देखिन्छ । के तपाई खुसी हुनुहुन्न रु उनले भनिन– खुसी छ्रैन ।

मैले एक रातमा एक हजार अमेरिकी डलर अनिवार्य कमाएर टमलाई दिनुपर्ने हुन्थ्यो, यदि दिएन भने मलाई उसले बेल्ट वा जे भेट्टायो त्यसैले नराम्रोसँग पिट्थ्यो ।

त्यति मात्र हैन उसले भनेजस्तो भएन भने मलाई उसले आफ्नो पिसाव समेत खान लगाउँथ्यो, । जुन मेरो लागि अति पीडादायी थियो । ऊ घरमा कुनै काम नगरी खालि रक्सीले मातिएर मात्रै बस्थ्यो ।

दैनिक १२ घण्टा काम गर्थे, हप्तामा कहिले पाँच दिन त कहिले पुरै हप्ताभरी काम गर्थे । उसले घरमा ति सबैको हिसाव राख्थ्यो ।
मैले कति कमाए र अझै कमाउनका लागि कति जनासँग मैले शारीरिक सम्पर्क राख्नुपर्छ, ऊ सबै हिसाब गरेर बस्थ्यो । उसले नै मलाई जड्याँहा बनायो । सेक्स भिडियो बनाउन मलाई प्रयोग ग¥यो ।

उसको लागि दैनिक रुपमा प्रयोग हुँदै गए । भिडियो बनाईसकेपछि उसले आफुले भनेको नमानेमा ति सेक्स टेपहरु इन्टरनेटमा राखिदिने धम्की दिदै मलाई ब्ल्याकमेल गथ्र्यो ।

तर, म उसको दुब्र्यबहारबाट पीडित बन्दै गए । मलाई अति असह्य हुँदै गयो । उसले घरमै कलेजका ४, ५ जना केटाहरुलाई दैनिक बोलाएर मसँग शारीरिक सम्पर्क राख्न लगाउथ्यो ।

यदि मानेन भने उसको पिटाई खानुपथ्र्यो । म यसकारण राजि हुन्थेकी उसँग भन्दा अरुसँग शारीरिक सम्पर्क राख्नु नै ठिक छ, कम से कम उसको हिंस्रक ब्यवहार त सहनुपर्दैन । त्यसैले चुपचाप मानिरहे ।

यो विचमा मैले आफुले आफैलाई मार्ने धेरै पटक प्रयास गरे । तर, सफल भईन । त्यसपछि धेरैपटक मनोचिकित्सककोमा गए । परामर्श लिए र औषधी पनि ।

धेरै दुःख सहिसकेपछि अहिले मैले उसलाई पुर्ण रुपमा छोडिसकेकी छु । र एउटा असल मान्छेसँग स्वतन्त्र जिन्दगी जिउन खोजिरहेकी छु । साथै कलेजमा नर्सिङ डिग्रीको लागि पनि पढाई सुरु गरिसकेकी छु ।

अहिले मसँग एउटा पप्पी छ, जसले मेरो ओठमा हाँसो ल्याईदिन्छ । यही नै मेरो साथी बनेको छ ।उनले यत्ति भनेपछि हामीले फेरी सोध्यौ, तपाईका धेरै फोटो र भिडियोहरुमा तपाई निकै आनन्द लिइरहेको गरिरहेको जस्तो देखिन्छ नि ।

मानौ तपाईलाई कुनै पिडा नै छैन् रु हाम्रो प्रश्न सकिने नपाउँदै उनको जवाफ आयो– ‘जे देखिन्छ, त्यो हैन । त्यो मेरो काम हो । मात्र काम, जुन दवावमा गरेको थिए । मेरा धेरै फोटो मोडलिङका लागि सुट गरेको बेलाका छन् ।

जुन अमेरिकामा आएर सुरुवाती समयमा मैले बाध्यताका साथ गरेको थिए । त्यो नगर्नुको विकल्प पनि थिएन मेरा सामु ।मैले एकै रातमा ८ सय डलर देखि लिएर ३ हजार डलरसम्म कमाए । तर त्यो रकम सबै उसैले नै राख्थ्यो, बाँकी रहेको १० प्रतिशत मात्र मसँग हुन्थ्यो । जुन रकम मैले घरखर्चका लागि नेपालमा पठाउँथे ।

उसको धम्कीपूर्ण ब्यवहार र घिनलाग्दो दुब्र्यबहारबाट आजित भईसकेको थिए ।अन्तमा म डलास पुगे जहाँ मैले बस्नको लागि घर पाए र २०१२ मा डिभोर्स माग गरे । त्यसबेला उसले अझै तीन वर्षसँगै बस्न अनुरोध गरेको थियो । तीन वर्षपछि आफूले रिटायर्ड लाइफ विताउने बताएको थियो ।

ऊ सँग भइन भने पहिलेका नग्न फोटो र भिडियोहरु सार्वजनिक गरिदिने धम्कि दिएको छ । जुन फिल्मी शैलीमा नाटकीय रुपमा खिचिएका थिए ।तर, मलाई फेरी पनि मुर्ख हुनु छैन । म फेरी पनि पुरानो गल्ती दो¥याउन चाहान्न । जसले मलाई जीवनमा पीडा बाहेक केही दिएन । मैले डिभोर्स पेपरमा साइन गरिदिए ।’

विन्दुले आफ्नो विगतलाई एउटा नराम्रो सपनाको रुपमा मात्र लिएको बताउँछिन् । ‘अहिले दुई बर्ष भईसक्यो मैले उसलाई पुर्णरुपमा छोडेको ।अहिले टमसँग कुनै सरोकार छैन । अहिले यस्तो लाग्दैछ कि धेरै ठुलो तनाव हट्यो, अब बल्ल मैले मेरो साँच्चीकैको जीवन जिउँदैछु ।

स्वतन्त्र जीवनको अनुभव भईरहेको छ । जुन बेला उसलाई छोडे त्यही बेलादेखि मैले नाँच्न पनि छाडिदिए । अहिले कलेज पनि भर्ना भईसकेक, र नर्स बन्नका लागि दिनरात मेहनत गर्दैछु ।’

अबको उनको योजनो परिवारका लागि काम गर्ने छ । दुखी परिवारलाई सुखी बनाउने र समाजको लागि काम गर्ने उनले बताइन ।अन्त्यमा सोध्यौ, के तपाई पुरानो पेशा डान्सिङमा अब कहिल्यै फर्किनुहुन्न रु तपाईले नर्स बनेर एक वर्षमा कमाउने रकम त डान्सिङमा एक महिनामै कमाईन्छ नि केही गम्भिर हुँदै उनले भनिन्, ‘म सबै बाट थाकिसकेको छु । अब जे परे पनि गर्दिन । नर्सिङ डिग्री लिनका लागि अहिले गधा झै दिनरात मेहनत गरिरहेकी छु ।

म कुनै पनि हालतमा विगतमा फर्किन्न ।फेरी अहिले मैले एउटा असल मान्छे पनि पाएको छु जसले मलाई असाध्यै माया र ख्याल गर्छ । यदि मैले उसलाई नपाएको भए, वा बाँच्नको लागि ठाउँ नपाएको भए सायद म‘।

गुन्द्रुक पोस्टले अंग्रेजीमा प्रकाशन गरेको विन्दु परियारको जीवन कथा नेपाली भाषामा रूपान्तरणे । विन्दु परियारको तस्वीर गुगलबाट खोजिएको हो । नेपाल समाचारपत्रबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.