प्रहरी भन्छन्–यस्ता गृहमन्त्री अहिलेसम्म देखेका थिएनौं ,उच्च पदस्थ प्रहरी देखी तल्लो दर्जाका प्रहरीले मन्त्री शर्माको प्रशंसा

काठमाडौं, साउन ११ – सरकार फेरिने बित्तिकै प्रहरी अधिकारीमा निकै चर्चाको विषय बन्यो, अब गृह मन्त्री को बन्छ ? गृह मन्त्रीले अबको प्रहरी संगठन, लामो समयदेखि रोकिएको बढुवा जाम, चुनाव, संघीयतामा प्रहरीको ढाँचा लगायत विषय कसरी सम्बोधन गर्लान् ? चुनौती र अवसर बराबरीजसो रहेको गृहमन्त्री पदको जिम्मेवारी सम्हाल्न गएको जेठ २४ गते जनार्दन शर्मा नियुक्त हुनुभयो ।

गृहमन्त्रीमा नियुक्त हुनुभएका शर्माको चर्चा प्रहरी संगठनमा पनि निकै हुन थालेको छ । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी पुग्दा गृहमन्त्री शर्माकै बारेमा निकै चर्चा हुँदै थियो । एक प्रहरी अधिकृत भन्दै थिए ‘यस्तो गृहमन्त्री त अहिलेसम्म देखेका थिएनौं, पब्लिक आएको हो कि मन्त्री पत्ता नै नहुने, सुटुक्क आउँछन्, सरप्राइज अनुगमन गर्छन् जान्छन्, सिआइबीमा कुन दिन आउने हुन् ।’

यसअघिका गृहमन्त्री निकै तामझाम र रवाफ देखाउने खालका भएका भएपनि अहिलेका गृहमन्त्री शर्मा भने त्यस्तो नरहेको र कानून अनुसार चलेको ती प्रहरी अधिकारीको भनाई छ ।

उच्च पदस्थ प्रहरी कर्मचारीदेखि तल्लो दर्जाका प्रहरी कर्मचारी मन्त्री शर्माको प्रशंसा गर्छन् । प्रहरी प्रधान कार्यालयका एक डिएसपी भन्छन् ‘उहाँले जुन तरिकाले म मन्त्री हुँ भन्न घमण्ड नराखनी काम गर्नुभएको छ, यही तरिकाले काम गर्नुभयो भने मलाई लाग्छ उहाँ अहिलेसम्मकै सफल गृहमन्त्री हुनुहुन्छ ।’ प्रहरी संगठनलाई अघि बढाउन गृह मन्त्रीले थालेको कदमको प्रहरीभित्र निकै प्रशंसा भएको छ ।

‘उहाँ राम्रोसँग कुरा राख्नुहुन्छ । हामीले भनेका सुरक्षासम्बन्धी कतिपय कुरा बुझ्नु भएन भने मैले बुझिन भन्नुहन्छ । सल्लाह सुझावबिना काम गर्ने उहाँको बानी छैन । विगतका मन्त्रीहरुमा यस्तो कमै देखिन्थ्यो’ संघीयतामा कस्तो प्रहरी बन्ने भन्ने विषयमा छलफलमा रहनुभएका एक प्रहरी अधिकारीले उज्यालो अनलाइनसँग भने ।

एक हप्ताअघि सातदोबाटो चोकमा मन्त्री शर्माले ट्राफिक निरीक्षक सीताराम हाछेथुलाई बोलाएर हात मिलाएपछि हाछेथुले त उहाँ प्रहरीका पीरमर्का बुझ्न मन्त्री भएको बताउनुभएको थियो ।
गृहमन्त्री भएको एक महिनामा के भयो काम ?

गृहमन्त्री जनार्दन शर्मा गृहमन्त्री भएको लगभग डेढ महिना भएको छ । मन्त्री शर्माले आफू गृहमन्त्री भएपछि कुनै चमत्कार नगर्ने भन्दै मन्त्रीबाट चमत्कारको आश नगर्न आग्रह गर्नुभएको थियो । उहाँले गर्नुभएका केही कामहरु यस्ता छन् :
बढुवा जाम खुल्यो

गृहमन्त्री भएपछि असार भित्रै बढुवा गरिसक्ने बचन दिनुभएका शर्माले साउनको पहिलो साताभित्र प्रहरीका सबैतहको बढुवा प्रक्रिया टुंयाउनुभयो । बढुवा रोकिएका कारण केही प्रहरी अधिकारीले सेवा अवधि बाँकी छँदै अवकाश हुनु परेको थियो ।

बढुवा धमाधम गरेपनि प्रक्रियामा भने केही राजनीतिकरण भएको आरोप मन्त्री शर्मालाई लाग्दै आएको छ । आफूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै बढुवा सिफरिसमा नपरेका प्रहरी अधिकारीले उजुरी गरेका छन् ।
साइरन बजाउन बन्द

गृहमन्त्री शर्माले आफू चढ्ने गाडीमा साइरन बजाउन रोक लगाउनुभएको छ । साइरन बजाउँदै हिँड्नाले जाम र तडकभडक भएको तथा सर्वसाधारणको जस्तो नियम आफूलाई लाग्ने भन्दै उहाँले साइरन हटाउनुभएको हो । एक साताअघि सातदोबाटोका जाममा बस्नुभएका मन्त्री शर्मालाई ट्राफिक निरीक्षक सीताराम हाछेथुले देखिपछि अगाडि जान संकेत गर्दा समेत उहाँ जाममै बस्नुभएको थियो । मन्त्री शर्माको यो कदमको सबैले प्रशंसा गरेका छन् ।
अध्यागमनमा सरप्राइज अनुगमन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा असार २२ गते बेलुका साढे ६ गृहमन्त्री शर्माले सरप्राइज अनुगमन गर्नुभएको थियो । सुरक्षा निकायलाई कुनै सुईंको समेत नदिइ उहाँ अनुगमनमा निस्कनुभएको थियो । विमानस्थलमा यात्रुहरुको लगेज ब्याग जस्ता सामान हराउने, यात्रुलाई दुःख दिने जस्ता गुनासो बढेपछि गृहमन्त्री शर्मा सुरक्षा निकायलाई खबरै नगरी त्यहाँको बस्तुस्थिति बुझ्न निस्कनुभएको थियो । अब प्रहरी कार्यालयहमा पनि यसैगरी सुईंको समेत नदिइ केही दिनमै अनुगमनमा निस्कने गृहमन्त्रीको तयारी छ ।
हवल्दार र असईको बढुवा

असई देउबहादुर चन्द उत्कृष्ट कार्य गरे वाफत सई पदमा बढुवा हुनुभएको छ । गएको भदौमा सहकारी संस्थाको सेफ चोरी भएको थियो । काठमाडौंबाट सेफ चोरेर मकवानपुर तर्फ लग्दै गरेको अवस्थामा दोहोरो गोली हानाहान भएको थियो । यसरी दोहोरो गोली हानहान हुँदा पनि ज्यान जोखिममा राखेर काम गरेको भन्दै उहाँलाई सईमा बढुवा गरिएको हो ।

त्यस्तै स्थानीय चुनावका बेला पहिचान हुन नसेका समूहले मतदान केन्द्रमा फालेको बम समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्रीकै निर्देशनमा असईमा बढुवा गरियो । गृहमन्त्रीका यस्ता कामले प्रहरी कर्मचारीलाई काम गर्न थप हौसला मिल्ने प्रहरी अधिकारी बताउँछन् ।

त्यस्तै गृहमन्त्रीसँग सिधा कुरा हटलाइन, ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र लगायतका कामका कारण उहाँको चर्चा प्रहरी संगठनभित्र हुने गरेको छ । ujyaaloonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.