एजेन्सी : विश्वमा नयाँ नयाँ अभ्यास भइराखेका छन् । पछिल्ला दिनमा फिनल्याण्डमा भने एउटा नयाँ परीक्षण सुरु भएको छ । जहाँ काम गरे पनि नगरे पनि घरमै बसेर तलब थाप्न सकिन्छ । बिबिसीमा उल्लेख भए अनुसार ‘आधारभूत आय’ ना दिइएको यो योजनामा अहिले फिनल्याण्डका दुई हजार बेरोजगार नागरिकहरुले भाग लिइरहेका छन्। समाचारमा उल्लेख भए अनुसार उनीहरुलाई दुई वर्षसम्म मासिक न्यूनतम तलब दिइनेछ।
यस विषयका अनुसन्धानकर्ताहरुले यो योजनाको प्रभावकारिताबारे अध्ययन गर्नेछन्। उनीहरुले यो सम्भव होला वा नहोला भन्ने विषयलाई विशेष प्राथमिकतामा राखेर अनुसन्धान सुरु गरेका छन् ।
दुई हजार बेरोजगारलाई काम गरे पनि नगरेपनि मासिक ६ सय ४० डलर भत्ता दिन त्यहाँको सरकारले सुरु गरेको छ । काम गरे पनि नगरेपनि भत्ता पाउने विकल्प प्रारम्भमा दुई हजार बेरोजगारलाई दिइएको छ। यसरी छनोटमा परेका दुई हजार रोजागरीमा संलग्न भए पनि नभएपनि मासिक ६ सय ४० डलकार भागिदार हुन् ।
यसरी धेरै मानिस सरकारले दिएको भत्ताबाट परिवारको खर्च धानिरहेका छन् । उनी काममा गएका पनि छैनन् । धेरै मानिस भने राज्यले यो नधान्ने बताउछन् । यसले राज्यलाई नोक्सान हुने उनीहरुको भनाइ छ । मानिसको अवस्था हेरेर मात्र सामाजिक सुरक्षा भत्ता दिनु उपयुक्त हुने एक पक्षको भनाइ छ । फिनल्याण्डमा सरकारले भत्ताका नाममा सबैलाई समान तलब दिने प्रणाली सुरु गरेपछि यसले विश्वको ध्यान तानेको छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.