हेर्दा हेर्दै पहिरोले यसरी लग्यो शोभालाई, उनले पानी भन्न पनि पाइनन्

पोखरा – पोखरा १९ लामाचौरकी ४० बर्षिय शोभा पौडेललाई आफ्नै घरको भान्छाकोठाले किच्दा मृत्यु भएको छ । राती अबेर खाना खाई ९ बर्षीए छोरालाई सुताएर भान्छा कोठाको चाबी लाउन जादा पहिरोका कारण उनी सहित भान्छा कोठानै २०० मिटर तल झर्यो । लामाचौरको अकला मन्दीर नजिकै ९ बर्षीए छोरा संग बस्दै आएकी शोभाका श्रीमान रोजगारीको शिलशीलामा बिदेश छन् ।

छोरा सुतिसकेको र अबिरल बर्षाका कारण सडकमा आएको भेल उनको भान्छाकोठा नजिकैबाट सेती नदि किनारमा गएपछि घरको पछिल्लो भागमा रहेको भान्छाकोठा भासिएको हो । छोरा सुतिसकेपछि भान्सा कोठा छिरेकी शोभालाई राती ९ बजे तिरनै पहिरोले लगेको भएनि बर्षाका कारण छिमेकीले पनि थाहा पाएनन् र घरमा छोरा निदाएको कारण खबर गर्ने पनि कोही भएनन् ।

एक्कासी बिहान ४ बजे तिर छिमेकी घरमा आएर ढोका ढकढकाउदा मात्र थाहा भएको प्रत्यक्षदर्शीले बताए । बगर प्रहरी कार्यालयका अनुसार प्रहरीलाई बिहान ५ बजे पछि मात्र खबर भएको र खबर पाउनसाथ प्रहरी र स्थानीयको रोहबरमा शब निकाल्ने काम भएको थियो । सडक अनियन्त्रीत बनाईएको र मापदण्ड बिपरीत सडक नाला खनिएकाले पनि सडकको पानी घर नजिकैबाट बगेकाले घरको पछिल्लो भाग पहिरोमा परेका भन्दै स्थानीयहरुले आक्रोश समेत व्यक्त गरेका थिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.