करीना कपूरकी आमालाई दुई वर्षको जेल चलान ! आरोप यस्तो

नयाँ दिल्ली, २६ असार– सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ मा मूख्य अभिनेत्री करीना कपूरकी आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री दुई वर्षका लागि जेल चलान भएकी छन् ।

विभिन्न टिभी सिरियलहरुमा समेत अभिनय गरिसकेकी अभिनेत्री अलका कौशललाई दुई वर्षका लागि जेल चलान गरिएको हो । अलकासँगै उनकी आमालाई पनि दुई वर्षको जेल सजाय सुनाइएको छ ।

दुईटै आमा–छोरीलाई चेक बाउन्सको आरोप लगाइएको छ । अभिनेत्री अलका र उनकी आमाले जालन्धरको एक गाउँमा एक किसानबाट ५० लाख रुपैयाँ सापटी लिएका थिए, टिभी सिरियल बनाउन भनेर । तर उनीहरुले उक्त पैसा फिर्ता गर्न सकेनन् ।

किसानले जब पैसा मागे उनीहरुले २५–२५ लाख रुपैयाँको दुईवटा चेक दिए । तर चेक बाउन्स भए ।

किसानले वकिलमार्फत सन् २०१५ मा मलेरकोटला अदालतमा मुद्दा दायर गरे । अदालतले दुई वर्षको सजाय सुनायो ।

त्यसपछि पनि अलकाले पन्जावको संगरुर जिल्लाको उच्च अदालतमा राहतका लागि गुहार गरिन् । तर अडिशनल सेशन अदालतले पनि तल्लो अदालतको फैसललाई सही ठहर्यायो । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री अलका र उनकी आमा संगरुरको जेलमा छन् । source: lokaantar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.