इयुको कालोसूचीबाट नेपाल बाहिरियो, अब नेपाली जहाज युरोपमा उड्न पाउने

काठमाडौं, ६ साउन । नेपाल युरोपेली युनियन (इयु)को कालोसूचीबाट मुक्त भएको छ । यससँगै अब नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछन् ।अन्तर्राष्ट्रिय हवाई उड्ययन संस्था (आइकाओ) को अडिटमा ‘बेसिक युनिभर्सल लेभल’ पार गर्दै नेपाल कालोसूचीबाट मुक्त भएको नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले बतायो ।

नेपालमा हवाई दुर्घटना अत्याधिक मात्रामा बढेपछि इयुले चार वर्षअगाडि सन् २०१३ मा नेपाली हवाई उड्ययन कम्पनीले सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै उड्ययन क्षेत्रमा नेपाललाई कालोसूचीमा राखेको थियो । तर, पछिल्लो समय हवाई उडानमा सावधानी अपनाउँदै दुर्घटना न्युनिकरण गर्न सफल भएपछि इयु नेपाललाई कालोसूचीबाट हटाउन तयार भएको हो ।

कालोसूचीबाट हटेसँगै अब नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले युरोपको उडान गर्न पाउनेछन् ।-dainik Nepal

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.