यि जुम्ल्याह दिदी–बाहिनी एकै समय साझा ब्वाइफ्रेण्डबाट गर्भवति हुन चाहन्छन्

श्रावण १०, २०७४- विश्वकै सबैभन्दा दुरुस्तै भएको भनेर चर्चा पाएका जुम्ल्याह दिदी बाहिनी अन्ना र लुसीले उनीहरुको साझा ब्वाइफ्रेण्डबाट एकै समय गर्भवति हुने र सन्तान् जन्माउने इच्छा ब्यक्त गरेपछि फेरी चर्चा चुलिएको छ ।

हालै मात्र यि दुई दिदी बहिनीले आफ्ना ब्वाइफ्रेण्ड बेनका तर्फबाट एकै पटक गर्भवति हुन चाहेको भिडियो इन्स्टग्राममा पोष्ट गरेको अमेरिकी समाचार पत्र द सनको अनलाइन संस्करणले उल्लेख गरेको छ । कतिपयले उनीको इच्छाको अलोचना गरेपनि उनीहरुले यसो हुन सकेमा साह्रै आनन्द मिल्ने उल्लेख गरेका छन् ।

यसअघि उनीहरु विश्वकै सबैभन्दा दुरुस्तै जुम्ल्याहको रुपमा चर्चामा आएका थिए । त्यसमा शरिरको रुपरंग मात्र होइन, चालढाल र बानीव्यहोरा पनि उस्तै रहेको बताइएको थियो ।

अष्ट्रेलियाको पर्थमा बसोबास गर्ने यि ३० बर्षका यि दिदी बाहिनीले यसअघि २ लाख ५० हजार पाउण्ड उनीहरुको स्तनलाई अझ दुरुस्त गर्नका लागि प्लाष्टिक सर्जरीमा खर्च गरेकी थिइन् ।

अनि पाँच बर्षअघि उनीहरु दुवै जनाको एउटै मात्र ब्वाइफ्रेण्डको रुपमा वेनलाई सार्वजनिक गरेका थिए । त्यसले फेरी एक पटक विश्वलाई चकित बनाएको थियो । पछि उनैसंग दुवैले बिहे गर्ने कुराले चर्चा पायो ।

अहिले दुवैले एकै पटक वेनबाट गर्भवति बन्न चाहेको र एकै समयमा बच्चा जन्माउन चाहेको कुराले चर्चा पाएको छ । ‘विज्ञानले के भन्छ थाहा छैन । तर, यदि यसो भइदियो भने यो भन्दा मज्जाको समय अरु हुने छैन’ उनीहरुले भिडियोमा भनेका छन् । ekantipur

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.