१६ बर्षिय साबित्राको जीवन रक्षाको लागि सहयोग गरिदिन सबैसंग आग्रह

अर्घाखाँची जिल्लाको भुमीकास्थान नगरपालीका वडा नम्वर २ जुरलनेटा बस्ने साबित्रा परियार ग्यासमा खाना पकाउने क्रममा ग्यास लिग भएर गम्भीर घाइते भएकी छन् ।

१६ बर्षिय साबित्रा आगोले जले पछि हल न चल भएकी छन् । अति नै बिपन्न परिबारमा जन्मीएकी साबित्राका वुवा आमा ईष्टमित्रकोमा कपडा सिलाएरै जिबीका चलाएका छन् ।

गम्भीर घाइते साबित्रालाई जिल्ला अस्पताल अघाखाँचीमा सामान्य उपचारपछि बुटवल पठाइएको र बुटवलमा पनी उपचार सम्भव नदेखीएपछि भैरहवा रिफर गरेको थियो । आफ्ना ईष्टमित्रहरुबाट सापटी स्वरुप ऋण लगेको पैसा उपचार गराउंदा गराउंदै सकिएपछि आर्थिक अभावका कारण उपचारको बिचैमा आमाले गम्भिर घाईते साबित्रालाई अर्घाखाँची जिल्ला अस्पतालमा ल्याएकी छ्न ।

रिण काडेर लगेको ८० हजार सकियो अरु पैसा जम्मा गर्न आफुसंग कुनै उपाय छैन नसकेपछी के गरु बाध्य भएर लिएर हिँडे । अब त कोहि दयालु मन भएका मान्छे भए उपचार गरेर बचाउने हो नभए त जे जस्तो परेपनी चित्त बुझाउनु पर्यो ।

आखामा आँसु झार्दै आफ्नो बिलौना पोखिन । सन्धिखर्कका युबा समाजसेवी कर्णजंग रायमाझी ज्युले त्यो दर्दनाक अबस्था देखेर जिल्लाका समाजसेवी व्यक्तित्व सहयोगी विसी खबर गर्नुभयो र अस्पताल गएर उनको जीवन रक्षाका लागि फेसबुक मार्फत सहयोगको याचाना गर्नुभयो ।

बिरामिलाई उपचार गर्ने हो भने निको हुने डाक्टरको भनाइका आधारमा आर्थीक अभियानलाई अगाडि बढाउने योजना बनाई डाक्टरहरुको सल्लाहमा बिरामीलाई उपचारको लागी पाल्पा पठाउने बताईएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीबाट सकेजती सुबिधा र उपचार गरेका छौ अस्पताल का डाक्टरको भनाई छ । कल्कलाउदो उमेरकी कक्षा ९ मा अध्ययन गर्ने निजलाई थोरै-थोरै रकम जम्मा गरेर यो पुन्यकार्यमा सरिक भई धेरै ठाउँबाट सहयोग आएको साबित्रा बचाउँ अभियानमा लगेका सहयोगी बिसीको भनाई छ । source:sajhasabal.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.