दार्जिलिङमा फेरि तनाव : सुरक्षाकर्मीको गोलीले मृत्यु हुनेको संख्या तीन पुग्याे

असार २४, २०७४- नेपाली भाषी भारतीय वहुल पश्चिम वंगालको दार्जिलिङमा फेरि तनाव वढेको छ । सुरक्षाकर्मीको गोलीवाट तीन जना आन्दोलनकारीको मृत्यु भएको छ ।सीआरपीएफको गोलीवाट दार्जिलिङ सोनादामा शुक्रवार राति स्थानीय युवा टासी भुटियाको मृत्यु भएपछि दार्जिलिङमा पुन: तनाव वढेको हो ।

विरामी भाइलाई औषधि किन्न वजार जादै गर्दा सीआरपीएफलाई उनमाथि गोली चलाएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता निरज जिम्वाले जनाएका छन् । ‘सीआरपीएफले निहत्था युवाको हत्या गरेको छ’, जिम्वाले भने ।
भुटियाको हत्याको घटनाले शनिवार दिनभर दार्जिलिङ, कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनावग्रस्त वनेको थियो । भुटियाको हत्या घटनाको विरोधमा दार्जिलिङका विभिन्न स्थानमा भएको तोडफोड र सुरक्षाकर्मीको भीडन्तमा थप एक युवाको मृत्यु भएको कालिम्पोङको अनलाइन पत्रिका खवरम्याग्जिनले जनाएको छ ।

दार्जिलिङमा सुरक्षाकर्मीसंगको झडपमा शनिवार तुङसुङ निवासी ३७ वर्षीय सुरज सुन्दास र सिंहमारी रोपवे क्षेत्रका ४२ वर्षीय समिर गुरुङको मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले जनाएका छन् । सुरक्षाकर्मीको फायरिङवाट १२ जना भन्दा वढी घाइते छन् । मृत्यु हुने आन्दोलनकारीको संख्या अझै वढ्न सक्ने सम्भावना रहेको तामाङले जनाए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.