यसरी बनाएँ आकर्षक फिगर र चार्मिङ लुक्स:नम्रता श्रेष्ठ नायिका

नायिका नम्रता श्रेष्ठ अभिनयबाट मात्र होइन, सौन्दर्यका कारण पनि चर्चित छिन् । उनको फिटनेसबारे कलिउडमा मात्र होइन, फिल्मी क्षेत्रबाहिर पनि प्रशस्त चर्चा हुन्छ । चलचित्रको स्क्रिप्ट हेरेर मात्रै अभिनयमा साइन गर्ने नम्रताको जस्तै फिगर र लुक्सका लागि कलिउडमा संघर्षरत नायिकाहरू पनि फलो गरिरहेका हुन्छन् । नम्रतालाई देख्नेहरू ब्युटिफुल मान्छन् । हुन पनि छरितो शरीर, गोरो वर्ण, सर्लक्क कपालमा डिम्पल पर्ने हँसिलो मुहार, जो–कोहीलाई मोहित पार्न पर्याप्त छ । नम्रताले आफ्नो आकर्षक फिगर र चार्मिङ लुक्ससहित कसरी आफूलाई प्रस्तुत गरिरहेकी छिन् त ?

नियमित व्यायाम
म आफ्नो सौन्दर्य कायम राख्न सकेसम्म व्यायाम गर्न भुल्दिनँ । व्यायामका सन्दर्भमा अनुशासित हुनुपर्छजस्तो लाग्छ । व्यायामले मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ मस्तिष्कले शरीर र स्वस्थ जीवन अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छ । म बिदाको दिनसमेत वर्कआउट
गरिरहेकी हुन्छु ।

पौष्टिक खाना
नेपाली खाना दाल–भात–तरकारी नै बढी मन पराउँछु । खानाको पारखी भए पनि खानामा आवश्यक सबै कुरा मिलाएर खान्छु । पानीपुरी, चटपटे र चाट कहिलेकाहीँ खान्छु । तर, आफ्नो स्वास्थ्यलाई ख्याल राखेर मनलाई बाँधेर भए पनि निकै
कम खान्छु ।

कहिलेकाहीँ भेजिटेरियन
सधैँ मासु खाने हैन, कहिलेकाहीँ भेजिटेरियन हुन पनि मन लाग्छ । सधैँ मासु खाइरहे पनि समय–समयमा भेजिटेरियन पनि हुन मन लाग्छ । खानामा हरियो फलफूल, सलाद बढी खाने गरेकी हुन्छु ।

कसरत र खानपान
नियमित शारीरिक व्यायामले शरीर स्वस्थ रहन्छ । स्वस्थ र स्मार्ट देखिन सकेसम्म म धेरै पानी पिउने गर्छु । व्यायाम अनिवार्य गर्छु । कलाकारले मात्र शारीरिक व्यायाम गर्नुपर्छ भन्ने होइन । जुनसुकै क्षेत्रमा रहेका व्यक्तिले पनि शारीरिक व्यायाम गर्न भुल्न हुन्न । वेलैमा आफ्नो स्वास्थ्यप्रति सबै सचेत रहनुपर्छ । बिहान उठ्नेबित्तिकै जिम गर्दा स्वास्थ्यलाई फाइदा गर्छ । जतिसुकै व्यस्त रहे पनि फिट हुनका लागि दिनमा एकपटक जिम सेन्टरमा जाने गरेकी छु । त्यसले मलाई हरेक दिनको काममा सक्रिय हुन सहयोग गरेको छ ।

पानी प्रशस्त पिउने
सकेसम्म धेरै पानी पिउन खोज्छु । दिनमा कति लिटर पिउँछु भन्ने हेक्का हुँदैन । तर, जति धेरै पानीको प्रयोग गर्न सकिन्छ, उति धेरै स्वास्थ्यका लागि फाइदा हुन्छ । पानीको प्रयोग गर्दा सकेसम्म सफा पानीको प्रयोग गर्नुपर्छ ।

योग र मेडिटेसन
योगा र मेडिटेसनमा सधैँ ध्यान दिन्छु । यसले मान्छेको सौन्दर्यमा थप चमक प्रदान गर्छ । योगा र मेडिटेसनले आफ्नो अनुहार उज्यालो गराउन मद्दत गर्छ ।

साँझ सुत्नुअघि अनुहार सफा गर्ने
दिनभरि कामबाट फर्किएपछि सकेसम्म नुहाउँछु । सम्भव नभएको खण्डमा अनुहारलाई राम्रोसँग धुन्छु । अनुहार सफा गरिसकेपछि आवश्यक केही क्रिम पनि लगाउँछु ।

घरबाट हिँड्नुअघि सनब्लक
बिहान घरबाट हिँड्नुअघि सनब्लक प्रयोग गर्छु । यसले घामबाट आफ्नो छालालाई सुरक्षित गर्छ । म सनब्लक युज गर्न कहिल्यै बिर्सन्नँ ।नयाँ पत्रिकाबाट

http://ift.tt/2vAixIk
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.